मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी


अभिलाष राजभण्डारी,
दाङ, मंसिर ६ । रोल्पाको डुब्रिङमा गुफा पत्ता लागेको छ । डुब्रिङ गाविस वडा नम्वर–९ तल्लो रतनधारामा स्थानीयहरुले सडक निर्माण गर्दा गुफा पत्ता लागेको हो ।

बसेरी खोलादेखि धारापानी जोड्ने सडकअन्तर्गत तल्लो रतनधारामा स्थानीयहरुले कार्तिक १० गते बाटो बनाउँदा गुफा पत्ता लागेको स्थानीय गणेश बुढाले जानकारी दिनुभयो । बाटो बनाउँदै गर्दा सडक छेउमा रहेको ठूलो ढुंगा पन्छाउँदा गुफा देखिएको हो । अमरबहादुर घर्तीको जग्गामा रहेको गुफा पत्ता लागेपछि स्थानीयहरुले त्यसलाई संरक्षण तथा प्रचारप्रसार गर्न थालेका छन् । ढुंगा पन्छाउँदा गहिरो आकारमा गुफा भेटिएको र त्यहाँ विभिन्न  आकृतिहरु देखिएपछि स्थानीयहरुले त्यसलाई संरक्षणमा लागेका हुन् ।

गुफामा गणेश, गाईको थुन, शिवलिंगलगायत विभिन्न देविदेवताका आकृति देखिने स्थानीयहरुले बताएका छन् । गुफा पत्ता लागेसँगै स्थानीयहरुले त्यहाँ पूजाआजा गर्न थालेका छन् । स्थानीय धामीझाँक्रीहरुले त्यस आसपासमा उत्खन्न गरे मुर्तिहरु, पुराना खजानाहरु भेटिन सक्ने अनुमान गरेको स्थानीय बुढाले बताउनुभयो । गुफा पत्ता लागेपछि अवलोकन गर्न जानेहरु पनि बढेका छन् ।


दाङ र रोल्पालाई जोड्न वर्षौंदेखि प्रयोग गर्दै आइएको सो गोरेटो बाटोको स्तरोन्नतिका लागि काम हुँदै थियो । भेटिएको गुफाको विकासका लागि स्थानीयहरुले व्यवस्थापन समिति गठन गरी विभिन्न गतिविधिहरु सञ्चालन गर्न सुरु गरेको छ । समितिले त्यो गाउँका प्रत्येक घरधुरीबाट अनिवार्य १ हजार रुपैयाँ सहयोग संकलन गरेको छ, भने अन्य गाउँबाट स्वच्छाले सहयोग संकलन गरेर मन्दिर निर्माण गर्ने योजना बनाएको समितिका सचिव माया वलीले जानकारी दिनुभयो ।

नारायणपुर बजारदेखि १३ किलोमिटर उत्तरतर्फको दुरीमा रहेको गुफाको गुप्तेश्वर महादेव नामाकरण गरिएको छ । महाशिवरात्रीको दिन गुफाको आसपासमा मेला आयोजना गर्ने व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर बुढाले जानकारी दिनुभयो । सो सडक खण्डलाई रोल्पाको हालेरी जोडन सके प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र प्युठानको स्वर्गद्वारीमा पुग्न सहज हुने स्थानीयहरु बताउँछन् ।

भर्खर पत्ता लागेको गुफाको विकासका लागि स्थानीयहरुले जिल्लाका विभिन्न निकायहरुसँग सहयोगका लागि अनुरोध समेत गरेका छन् । मुरुले लेकको काखमा अवस्थित तल्लो रतनधारा गाउँमा भेटिएको गुफाको विकास गर्नसके ग्रामिण पर्यटकीय क्षेत्र बन्नसक्ने स्थानीयहरु बताउँछन् । त्यहाँ रहेको मुरुले लेकलाई समेत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने उनीहरु बताउँछन् । रोल्पा र दाङको सिमानामा रहेको मुरुले लेकमा भ्यु टावर निर्माण गरे दुवै जिल्लाको रमणीय भुभाग अवलोकन गर्न सकिने अध्यक्ष बुढाले बताउनुभयो । मुरुले लेक टाढाबाट पनि देखिने जिल्लाको ठूलो पहाड मध्य एक मानिन्छ ।


व्यवस्थापन समितिका सचिव वलीले गुफा अवलोकन गर्न आउने पर्यटकहरुको चाप बढे स्थानीयस्तरमा होमस्टे सञ्चालन पनि गर्न सकिने बताउनुभयो । विकट क्षेत्रका रुपमा रहदै आएको तल्लो रतनधारा गुफाको विकास भएसँगै चर्चामा आउन सक्ने स्थानीयहरुले अपेक्षा गरेका छन् । मगर समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रलाई विकास गर्न राज्यले खासै ध्यान दिन नसकेको स्थानीयहरुको गुनासो पनि छ । समाचार आजको गणतन्त्र दैनिकमा छापिएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post