मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, मंसिर ६ । मध्यपश्चिम प्रहरी प्रमुख माधव नेपालले आफ्नो कार्यकालमै सञ्चारउद्यमी देवीप्रसाद धिताल ‘हेमराज’ को हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । दाङको. घोराहीमा आज बिहान भएको पत्रकार सम्मेलनमा बोल्दै डिआईजी नेपालले धिताल हत्याकाण्डको छानबिनका लागि प्रहरीले सुष्म अध्ययन गरिरहेको बताउनुभएका हो ।

मध्यपश्चिममा आपराधिक घटनामा कमी हुँदै आएको भन्दै उहाँले यसलाई शुन्यमा झार्न प्रहरी लागिपरेको बताउनुभयो । बिगतका दिनमा यस क्षेत्रमा अत्यधिक आपराधिक घटना हुने गरेको भन्दै नेपालले पछिल्लो नौ महिनादेखि शान्ति सुरक्षामा सुधार आएको दावी गर्नुभयो । हिमाली र तराई क्षेत्रको शान्ति सुरक्षालाई कडाई गरिएको भन्दै नेपालले पछिल्लो समय यहाँको शान्ति सुरक्षा सन्तोषजनक भएको बताउनुभयो ।

तस्करहरुका कारण मध्यपश्चिममा बढी आपराधिक घटना हुने गरेको प्रष्ट्याउँदै उहाँदै पछिल्लो समयमा यसक्षेत्रका प्रहरी अधिकृतहरुले शान्ति सुरक्षा कायम गर्न जिम्मेवारी बहन गरेको बताउनुभयो । मध्यपश्चिम क्षेत्रका दाङ, बाँके र सुर्खेतमा सवारी दुर्घटना बढी घट्ने बताउँदै डिआइजी नेपालले ट्राफिक दुर्घटना न्युनीकरणका लागि तीन जिल्लामा प्रहरी निरिक्षकको नेतृत्वमा ट्राफिक प्रहरी खटाएको बताउनुभयो । साथै दाङमा केही समयपछि ट्राफिक प्रहरीको दरबन्दी थप्ने आश्वासन दिनुभयो ।

Abroad Study
«
Next
»
Previous