दाङ, मंसिर २३ । संविधान संशोधनविरुद्ध जारी आन्दोलन रोकिने छाँट छैन । सरकारले ५ नं. प्रदेश टुक्रयाउने प्रस्तावविरुद्ध एमालेलगायत विपक्षी दलहरूको अगुवाइमा बुधबार पनि ५ नम्बर प्रदेशअन्तर्गतका गुल्मी र दाङ जिल्ला बन्द रहे । बन्दले स्थानीय जनजीवन प्रभावित छ । सत्तारूढ दलकै कतिपय नेता, कार्यकर्तासमेत आन्दोलनमा लागेपछि बन्द सशक्त बन्दै गएको छ । आन्दोलनकारीले पाल्पाका सरकारी कार्यालयका काममा अवरोध गरेपछि सेवाग्राही सास्ती खेप्न बाध्य भए ।
गुल्मीमा सिट्ठी जुलुस
गुल्मी– अनिश्चितकालीन बन्दको आठौं दिन बुधबार सिट्ठी जुलुस प्रदर्शन गरिएको छ । अन्य जिल्लामा बन्द खुले पनि यहाँ भने आठ दिनदेखि जारी छ । मिलेर बसेको प्रदेश टुक्रयाउने सरकारको निर्णय फिर्ता गर्न माग गर्दै आन्दोलनकारीले सिट्ठी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् । यसअघि मंगलबार उल्टो जुलुस प्रदर्शन गरिएको थियो । जारी आन्दोलनमा नेकपा माओवादी, कांग्रेससहित सत्ता पक्ष र प्रतिपक्ष सबै दलको समर्थन छ ।
आन्दोलन चर्कंदै जाँदा संघसंस्थाले समेत समर्थन जनाउन थालेपछि आन्दोलन संघर्ष समितिले बन्द फिर्ता नलिने निर्णय गरेको हो । गुल्मी उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ, पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, नागरिक समाजलगायतले आन्दोलन फिर्ता नलिन दबाब दिएपछि अनिश्चितकालीन बन्दसहितका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइएको कांग्रेस सभापति एवं संघर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताए । लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चलेका छैनन् । साँझ ५ बजेपछि दैनिक छोटो दूरीका सवारी साधन चले पनि लामो दूरीका बुटवल, काठमाडौं जाने सवारीसाधन नचल्दा यात्रुलाई सास्ती छ । प्रदेश टुक्रयाउने निर्णयविरुद्धमा प्रदर्शन गर्न सबै राजनीतिक दलले गाउँ तहसम्मै निर्देशन गरेपछि जिल्लाका प्रमुख व्यापारिक केन्द्र पनि ठप्प छन् ।
दाङको जनजीवन प्रभावित
संविधान संशोधन प्रस्तावको विरोधमा एमाले निकट युवा र विद्यार्थी संगठनले बुधबार दाङ बन्दको आहान गरे । बन्दले दिनभर जनजीवन प्रभावित भयो । यातायात, बजार व्यवसाय, उद्योगधन्दा र शैक्षिक संस्था सञ्चालन हुन सकेनन् । छोटो तथा लामो दूरीका कुनै पनि गाडी नचल्दा यात्रुले सास्ती खेप्नुपरेको हो ।
बजारका चोकचोकमा युवा संघ र अनेरास्ववियुका नेता, कार्यकर्ता दिनभर झन्डा लिएर बसिरहेका थिए । अपराह्नतिर बन्द खुलेपछि यातायातका साधन गन्तव्यतर्फ लागेका थिए । संशोधन प्रस्तावविरुद्ध जिल्लामा एमाले, राष्ट्रिय जनमोर्चा र मालेले संयुक्त रूपमा कार्यक्रम गर्दै आएका छन् । बुधबार पत्रकारसँग छलफल गर्दै संघर्ष समिति अध्यक्ष एवं एमाले अध्यक्ष टीकाराम खड्काले संशोधन प्रस्तावविरुद्ध चरणबद्ध आन्दोलन तय भएको बताए । सरकारले तराईलाई छुट्टै प्रदेश बनाउने प्रस्ताव गरेकाले राष्ट्रियता संकटमा परेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष रेशम बीसीको भनाइ छ ।
सरकारी कार्यालय बन्द
पाल्पा– पाँच नम्बर प्रदेश टुक्रयाउने प्रस्ताव विरोधमा राजनीतिक दलले सरकारी कार्यालय बन्द गराए । प्रशासन कार्यालयमा बिहानैदेखि नारा लगाउँदै प्रदर्शन गरे । युवा, तरुण, विद्यार्थीले कार्यालय बन्द गराउने क्रममा जिल्ला प्राविधिक कार्यालयमा भनाभन भएपछि टायर बालेर विरोध झनै चर्काएका थिए । सेवाग्राही भित्र पस्न नपाऊन् भनेर आन्दोलनकारीले ९ बजेदेखि नै कार्यालयमा धर्ना दिएका थिए । बन्दले यातायात, शिक्षण संस्था, कलकारखाना सञ्चालन हुन सकेका छैनन् ।
साभारः कान्तिपुर दैनिक