नवीन अभिलाषी,
चिरन्जिवी खनाल आम युवा भन्दा फरक लाग्छन् । कहिले सर्पहरु समाउँदै हिड्ने, कहिले गुफाभित्र पस्ने, चराहरु देख्यो कि एकोहोरिएर हेर्ने, दिउँसो मात्र हैन रातविरात जंगलमा बसेर बाघको प्रतिक्षा गर्ने उनको अहिले दैनिकी हो । उनलाई बुझ्दा, उनको बारेमा जान्दा उनलाई मान्छे भन्दा पनि जीव जनावरहरुसँग बढि प्रेम भए जस्तो लाग्छ ।
लमही नगरपालिका ११ का २५ वर्षिय खनाल वन क्याम्पस पोखराका विद्यार्थी हुन् । त्यसैले पनि मान्छे भन्दा बढी जीव जनावरहरुसँग उनले संगत बढी गर्नुपर्छ । चराहरुको बारेमा बढी जानकारी बटुल्नु पर्छ । वनजंगल, जीव जनावरहरुको बारेमा बढी चासो राख्ने भएकाले उनको चाहना पनि आम युवाहरु भन्दा पृथक छ । हरक मान्छेलाई उस्को रहर र चाहनाले पछ्याउँछ । धेरैजसो युवाहरु युरोप, अष्ट्रेलिया र अमेरिकाको सपना देखिरहेको बेला चिरञ्जिवी भने नेपालमै बसेर सर्पहरु खोजेर बस्छन् । बाघहरु खोज्दै जंगलमा रात बिराउँछन् ।
२०४८ सालमा जन्मिएका उनको सानैदेखिको रुचि जीव जनावर र चराचुरुगीहरुको खोज अनुसन्धानमा थियो । कसैले गुलेली बोकेर हिडेको देख्दा पनि उनलाई नमज्जा लाग्थ्यो । सकभर उनले सम्झाएर हिड्थे । लमहीको सनलाइट बोर्डिङ स्कुलबाट उनले कक्षा ८ उत्तीर्ण गरेपछि दीपशिखामा कक्षा ९ मा भर्ना भए र त्यहिबाट एसएलसी पास गरेका चिरञ्जिवीले काठमाडौँस्थित सिसिआरसिमा विज्ञान विषय लिएर उच्च शिक्षाको अध्ययन सुरु गरे । बन्यजन्तुको बारेमा खोज अनुसन्धानमा रुचि राख्ने उनलाई विज्ञानको विषयले बाँधेर राख्न सकेन । त्यसपछि उनी वनको विषयमा अध्ययन गर्न हेटौडास्थित वन क्याम्पसमा भर्ना भए । अहिले उनी पोखरास्थित वन क्याम्पसमा अध्ययन गर्दै आएका छन् ।
प्लस—टुको साइन्स विषयको अध्ययन छोडेर उनी वन क्याम्पस छिरेका चिरञ्जिवीलाई समयलाई सहि बाटो समाए भन्ने लागेको छ । वन क्याम्पसमा अध्ययन अहिले पनि उनी सैद्धान्तिक भन्दा प्रयोगात्मकतर्फ बढि समय दिनुपर्छ । त्यसैले वन्यजन्तुहरुकै सोच पालेर हिडिरहनुपर्छ–उनलाई । पछिल्लो समय वन र वन्यजन्तुको विषयलाई लिएर चासो चिन्ता र अभिरुचि राख्ने युवाहरु बढेका छन् । तर, जति हुनुपर्ने हो त्यति छैनन् । नेपाल वन्यजन्तुहरुको अपार ईतिहास र सम्भावना बोकेको भुगोल हो । यहाँ वन्यजन्तुहरु कति छन् र के–के पाइन्छन् भन्ने कुरा अहिलेसम्म अनुसन्धानको बाँकी विषय रहदै आएको छ । अहिले त्यहि विषयलाई समातेर काम गर्न सुरु गरेका छन्–चिरञ्जिवीले । ‘नेपालमा अहिले अनुसन्धानका धेरै विषयहरु थाती छन् । काम नै भएको छैन । अहिले पनि अनौठा प्रजातीका जनावरहरु फेला परिरहेका छन् । तर, उनीहरुको संरक्षण र विकासका लागि पहिले त खोज अनुसन्धान हुन आवस्यक छ’, उनी भन्छन्, ‘अनुसन्धानपछि त्यसको अवस्था हेरेर काम अगाडि बढाउनुपर्छ । यो काम कुनै एनजिओ भन्दा पनि राज्यले गरे हुन्थ्यो भन्ने हामीलाई लाग्छ ।’
अहिले चिरञ्जिवीले दाङलाई आधार बनाएर काम गर्दै आएका छन् । उनको दृष्टिमा चराहरुदेखि लिएर विभिन्न दुर्लभ प्रजातिका जनावरहरु अहिले पनि दाङ र देउखुरी उपत्यकामा छन् । यहाँको जंगलमा अजिङ्गर, हुँडार, राप्ती नदीमा गोही र विभिन्न प्रजातीका चराहरु छन् । उनका अनुसार दाङमा सारस जातको चराहरु पाइएका छन् । अहिलेसम्मको अनुसन्धानमा समुद्री सतह भन्दा छ सय मिटर भन्दा माथीको भुगोलमा पाइएको थिएन । तर, अनुसन्धानको क्रममा २०७२ को असारमा सारस दाङमा पाइएको छ । यसले अहिलेसम्मको अनुसन्धानको रेकर्डलाई तोडेको छ ।
अहिले चिरञ्जिवीलगायतका साथीहरु दाङमा हुँडारको खोज अनुसन्धानमा लागेका छन् । गाउँघरमा चलनचल्तीको भाषामा लक्कडे बाघ भनिने हुँडारको खोजी अभियान उनीहरुले सुरु गरेका छन् । देउखुरीको भुभागलाई आधार बनाएर नेपालमै पहिलो पटक हुँडारको खोज अनुसन्धान सुरु गरिएको हो । त्यसका लागि जंगलको विभिन्न भागमा स्वचालित क्यामराहरु राखेर अनुसन्धान भइरहेको छ । ‘सामान्य अनुसन्धानका क्रममा पनि देउखुरीको जंगलमा हुँडार पाइएको छ । तर, कुन–कुन प्रजातीका छन् ? कति छन् ? र तिनीहरु अहिले कुन अवस्थामा छन् भन्ने विषयको अनुसन्धानमा छौं ’, उनले भने, ‘त्यसका लागि विभिन्न जंगलमा स्वचालित क्यामराहरु राखिएको छ । हामीले भ्याली अफ हाइनाका रुपमा स्थापित गर्न खोजिरहेका छौं । त्यस्तै अहिले रटेल नामक जनावर पनि दाङमै भेटिएको छ । खासगरी विभिन्न निकुञ्जहरुमा पाइने यो जनावरको पनि खोज अनुसन्धान हुन् आवस्यक छ । निकुञ्ज बाहिर दाङमा दोस्रो पटक भेटिएको उनले बताए । पहिले बाँकेको कम्दी जंगलमा पहिलो पटक र दाङमा दोस्रो पटक भेटिएको हो ।
फाट्टफुट्ट केहि संस्थाहरुको सहयोग बाहेक आफ्नै लगानीमा काम गरिरहेका छन् । अहिले कुनै माध्यमविनानै काम भइरहेको उनी बताउँछन् । ‘यो एकदमै महत्वपूर्ण र उत्तिकै जटिल कार्य पनि हो । तर, यस विषयमा काम गर्ने कुनै निकायहरु छैनन् । एकाध संस्था बाहेक अहिलेसम्म कुनै निकायहरुले सहयोग गरेका छैनन्’, उनी भन्छन्, ‘यो एक्लैले गरेर हुने कुरा हैन । सामुहिक रुपमा खटिनुपर्छ । तर, यो क्षेत्रमा काम गर्नेहरुलाई नै हेर्ने दृष्टिकोण निकै साँघुरो छ ।’ अहिले हुँडारको खोज अनुसन्धानका लागि डब्लुडब्लुएफले सहयोग गरेको छ । तर, यो क्षेत्रमा काम गर्नका लागि निकै समस्या छ भन्छन्–उनी । सबैभन्दा पहिले त लगानीकै समस्या रहेको उनको भनाइ छ । सरकारले यस विषयमा कुनै पनि चासो दिएको छैन । कुनै–कुनै एनजिओहरुले विदेशी दातृ निकायहरुको पहलमा सहयोग गर्छन् ।
चिरञ्जिवीले अहिलेसम्म दुईवटा अजिङ्गरको उद्दार गरिरहेका छन् । देउखुरीको राजपुरमा साढे ९ फिट लामो र कालापानीमा १३ फिट लामो अजिङ्गरको सफल उद्दार गरेका हुन् । अहिलेसम्म उनले ५० बढि सर्पहरुको उद्दार गरेका छन् भने लाटोकोसेरोको समेत उद्दार गरेका छन् ।
‘यो क्षेत्रमा काम गर्ने निकायहरु नै कम छन् । हामीसँग भएका सम्पत्तीहरु नै कति छन्, भन्ने बारेमा हामीलाई थाहा छैन । यो क्षेत्रमा सरकारी निकायहरुको सहयोग छैन । आर्थिक सहयोग जुटाउन गाह्रो छ’, उनले भने, ‘यो क्षेत्रमा काम गर्नका लागि घरपरिवारबाट पनि सहयोग सबैलाई हँुदैन ।’ घरपरिवारलाई चिरञ्जिवि ईञ्जिनियर बनाउन चाहना थियो । तर, उनी जंगल पसे–जन्तुहरु खोज्न । पहिले पहिले निक्कै असहयोग मात्र हैन गाली पनि गरेको उनी सम्झन्छन् । यस्तै वन्यजन्तुहरुलाई संरक्षण गर्नुपर्छ भन्ने चेतना छैन । जस्का कारण यो क्षेत्रमा काम गर्न निक्कै गाह्रो छ । चरा हेर्न आउने मान्छेले लाखांै रुपैया खर्च गरेर आउँछन् भन्ने कुरा मान्छेलाई अब बिस्तारै थाहा हुन थालेको छ । बिस्तारै दाङ पनि पर्यटनको आधार बन्न थालेको उनी बताउँछन् । यसलाई हिमाल, पहाड नदी, ताल तलैया मात्र देखाउने भन्दा पनि वन्यजन्तुहरु पनि देखाउन सकिन्छ भन्ने आधार दाङमै बन्न सक्छ ।
(बन्यजन्तु अनुसन्धानकर्ता खनाल वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अध्ययनरत हुनुहुन्छ)