दाङ, मंसिर २४/राप्ती उपक्षेत्रीय अस्पतालले अक्सिजन प्लान्ट र फार्मेसी सञ्चालनमा ल्याउने भएको छ । यही पुस मसान्तभित्र दुवै सेवा सञ्चालनमा ल्याउने अस्पतालले जनाएको छ ।
बिरामीहरुलाई अस्पतालभित्र औषधि उपलब्ध गराउने सरकारी निर्देशन अनुसार प्रक्रिया अगाडि बढाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जनाद्र्धन पन्थीले जानकारी दिनुभयो । निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. पन्थीका अनुसार फार्मेसी सञ्चालनमा आएपछि बिरामीहरुलाई औषधि लिन बाहिर जानुपर्नेछैन, भने अक्सिजन प्लान्ट सञ्चालनमा आए अस्पतालले वार्षिक १५ लाख बचत गर्नेछ । समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।