मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

अजय शर्मा, 
काठमाडौं, मंसिर २४ गते । दशौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलिम्पियाडमा भाग लिन ‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१६ नेपाल’का उत्कृष्ट पाँच जना विद्यार्थी भारत जाने भएका छन् ।
यही मङ्सिर २४ देखि पुष ४ सम्म भारतमा हुन गईरहेको खगोल, खगोल भौतिक–विज्ञान सम्बन्धी दशौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलिम्पियाडमा भाग लिन जान लागेको नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । सो प्रतियोगितमा नेपाल लगायत ४३ देशका २३८ विद्यार्थी तथा १२३ टोली नेता सहभागी हुँदैछन् ।
सोसाईटीका अध्यक्ष सुरेश भट्टराई र मनिषा द्वाले नेतृत्व गर्ने सो टोलिमा चेल्सी ईन्टरनेशनल एकेडेमी, नयाँ बानेश्वरका विजय चन्द्र लुईटेल, चेल्सी ईन्टरनेशनल एकेडेमी, नयाँ बानेश्वरका दिवस सुवेदी, ट्रिनिटी ईन्टरनेशनल कलेज, डिल्लीबजारका नवज के.सी. सेन्ट जेभिएर्स कलेजका रबिन थापा र गण्डकी आवासीय उच्च माध्यामिक विद्यालय, पोखरा, कास्कीका तरुण तिमील्सिना रहने जनाइएको छ ।
दशौं अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलिम्पियाडमा भाग लिन ७ सदस्यीय टोलि शु्क्रबार भारत तर्फ प्रस्थान गर्ने सोटाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।
सोसाईटीले गत जेठ २९ गते देखि भदौ १५ सम्म सञ्चालन गरेको प्रतियोगितामा काठमाडौं, बिराटनगर, चितवन र पोखराका जम्मा १८८ जना विद्यार्थी मध्येबाट यी पाँच जना विद्यार्थी छनोट भएका हुन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post