सुन्दर गौतम, संयोजक: प्रचारप्रसार तथा कार्यक्रम,
सातौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७३ को तयारी तथा प्रचारप्रसारमा लाग्नु भएको छ । काम कसरी अगाडि बढिरहेको छ ?
राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७३ दाङको घोराहीमा हुनु हामी सबैको गौरवको विषय हो । मंसिर ३० देखि पौष ६ गते सम्म घोराहीको जिविस रोड स्थित कर्मचारी मिलन केन्द्रको दक्षिण तर्फको मैदानमा महोत्सब सञ्चालन हुनेछ । महोत्सब सञ्चालनका लागि विभिन्न निकायहरु संघको छलफल, भेटघाट, समन्वय र सम्पर्क गर्ने कार्यमा हामी लागिरहेका छौँ । कामको सम्पुर्ण बाँडफाँड भैसकेको छ । विभिन्न समितिहरु निर्माण भएका छन । गठन भएका समितिहरुले आआफ्नो क्षेत्रबाट काम गरीरहेका छन । मध्यपश्चिम क्षेत्रकै शैक्षिक गन्तब्यको रुपमा रहेको दाङ जिल्लालाई यो महोत्सबले शैक्षिक विकासमा महत्वपुर्ण योगदान दिनेछ भन्ने हामीलाई विस्वास छ ।
शैक्षिक महोत्सब दाङमा राख्नुको कारण के हो ? यसले के सन्देश दिन्छ ?
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ देशभरका करिब दश हजार व्यवसायीहरुको साझा छाता संगठन हो । महासंघले २०६४ सालदेखि राष्ट्रिय शैक्षिक महोत्सवको आयोजना गर्दै पठन संस्कृतिको अभियानमा लाग्ने सर्जक, पाठक, उत्पादक, वितरक लगायत सम्बद्ध सबैलाई भेला गराई समसामयिक विषयहरुमा बहस चलाउदै शिक्षा र चेतनाका अभियानमा खट्ने सबैको प्रतिनिधित्व गराउँदै सम्मान समेत गर्दै आइरहेको छ । प्रथम पटक २०६४ सालमा बुटवलबाट शुरु गरेको राष्ट्रिय शैक्षिक महोत्सव धनगढी, चितवन, पोखरा, झापा र काठमाडाँै हुदैँ दाङमा गर्ने गरी तयारी भएको हो ।
दाङ जिल्ला पछिल्लो समय शैक्षिक क्षेत्रको विकासमा अगाडी देखिएको छ । यसलाई अझ प्रभाबकारी बनाउन, राज्यको बदलिदो संरचनामा अब शिक्षाको संरचना कस्तो रहने भन्ने तमाम विषय छन । यी स्थानियस्तरबाट उठाउनु पर्ने विषयहरु पनि हुन । त्यसको लागि खुल्ला बहस हुनु आबस्यक छ । त्यो बहस हामीले महोत्सबको माध्यमबाट गर्दैछौँ । त्यस्तै शैक्षिक प्रर्दशनी, खेलकुद सामग्री देखि विभिन्न साहित्यीक गतिविधिहरुलाई पनि हामीले जोड दिनेछौँ । सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान” भन्ने उद्घोषका साथ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दाङ्गको आयोजनामा महोत्सब हुन लागेको हो । त्यसका कारण यसको सन्देश भनेको जिल्लाको शैक्षिक तथा साहित्यीक विकासका लागि महोत्सबले केहि प्रभाब छोड्ने छ भन्ने नै हो ।
महोत्सव सञ्चालनका लागि व्यवस्थापन कस्तो छ ?
घोराही नगरपालिका वडा नम्बर ११ जिल्ला विकास समिति रोड स्थित कर्मचारी मिलन केन्द्रको दक्षिण तर्फको कम्पाउण्डलाई महोत्सबको स्थल बनाउने सहमती भएको छ । महोत्सवमा ८० भन्दा बढि स्टलहरु रहने छन् । जसमध्ये ५० प्रतिशत भन्दा बढि स्टलहरुमा विभिन्न विधाका पुस्तकहरु रहनेछन् बाँकी स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामग्रीका राष्ट्रिय उत्पादनहरु, वैदेशिक उच्च शिक्षाका लागि क्रियाशिल कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु, अवलोकनकर्ता तथा सहभागिका लागि खाजाघर एवं प्राथमिक उपचार कक्ष राखिनेछ ।
अहिले हामीले महोत्सब आयोजक समितिको कार्यालय नै स्थापना गरेर तयारीलाई तिब्र बनाएका छौँ । पहिलो दिन उद्घाटन र सातौ दिन समापन हुने छ । बाकि दिनहरुमा महोत्सबमा विभिन्न गतिविधिहरु सञ्चालन हुनेछन । त्यसमा साहित्यीक कार्यक्रम, शैक्षिक कार्यक्रम देखि मनोरञ्जन र बालबालिकाहरुको लागि बालउद्यानको समेत व्यवस्था मिलाउने तयारीमा छौँ ।
अहिले स्टल व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
हामीले भैरवबहादुर रावलको संयोजकत्वमा स्टल व्यवस्थापन समिति बनाएका छौँ । महोत्सव स्थलमा करिव ८० वटा स्टलहरु रहनेछन् । १०÷१० फिटका प्रत्येक स्टलहरु रहने छन । एउटा स्टलमा एक टेबुल, २ कुर्सी, एक सि.एफ.एल. चिम तथा फोहर राख्ने १ खाली कार्टुनको व्यवस्था गरिनेछ । एक स्टलका लागि व्यवसायी तथा सेवा प्रदायकहरुका लागि २ थान परिचय पत्रको व्यवस्था गरिनेछ ।
स्टल व्यवस्थापन समितिले वस्तु तथा सेवाको प्रकृतिको आधारमा छुट्टाइएको स्टलहरु बुकिङका आधारमा उपलब्ध गराइने छ । स्टलको सजावट स्टलकर्ता आफैले गर्नुपर्ने नियम बनाएका छौ । प्रत्येक स्टलको भाडा रु. १२ हजार रुपैँया निर्धाणर गरीएको छ । तर महोत्सवलाई ५० हजार भन्दा माथिको रकम सहयोग गर्ने निकाय÷व्यक्तिलाई एउटा स्टल निःशुल्क उपलब्ध गराइने ब्यवस्था मिलाउने निर्णय पनि भएको छ ।
महोत्सवमा प्रवेश गर्नका लागि टिकटको व्यवस्था भएको छ ?
प्रवेश गर्नको लागि सानो शुल्क सहितको प्रवेश टिकटको व्यवस्था भएको छ । उद्घाटन र समापनको अवसरमा प्रवेश खुल्ला गरिनेछ । दोस्रो दिन देखि विहान १० बजे देखि बेलुका ५ बजेसम्म टिकट खुल्ला हुन्छ । प्रवेशका लागि प्रति व्यक्ति ३० रुपैयाको टिकट रहने छ भने विद्यार्थीको लागि विद्यार्थी परिचय पत्रको आधारमा २० रुपैया मात्र प्रवेश शुल्क लाग्नेछ । छुट सहितको टिकट लिई प्रवेश गर्दा परिचय पत्र साथमा हुनुपर्ने नियम बनाईएको छ । विद्यालय, क्याम्पसको प्रतिनिधित्व गर्दै सामुहिक रुपमा महोत्सव अवलोकन गर्न आउने शिक्षक–विद्यार्थीको समूहलाई विद्यालय, क्याम्पसको पत्रको आधारमा ५० प्रतिशत छुट सहितको प्रवेश सुविधा मिलाएको छ ।
दाङको शैक्षिक विकासमा सकारात्मक प्रभाब पर्ने अपेक्षा गर्नुभएको छ त्यो कसरी सम्भब हुन सक्छ ?
शैक्षिक गतिविधिमा दाङ्गले निर्वाह गरेको भूमिका एवं शिक्षाप्रतिको आमनागरिकको प्रेरणाले यो महोत्सव आयोजना गर्न हाम्रो जिल्ला शाखालाई प्रोत्साहित गरेको हो । दाङ्ग मात्र नभई यस आसपासका जिल्ला तथा सिंगो पश्चिम नेपालमा पढौँ र पढाऔँ भन्ने संस्कृतिको विकास गराई सभ्य एवं सालिन समाजको निर्माण अभियानमा एउटा इट्टा थप्नु महोत्सवको प्रमुख लक्ष्य हो । यसको प्रभाब दाङमा मात्र पर्ने भन्ने होईन । दाङमा हुने महोत्सबले जिल्ला र यसक्षेत्रको शैक्षिक गतिविधिहरुलाई अन्यजिल्लामा पुग्ने व्यवस्था मिलाउने र बाहिर भएका गतिविधिहरुलाई यहा हेर्न मिल्ने अबलोकन गर्न पाउने व्यवस्था महोत्सब हो ।
खास गरी पठन संस्कृतिको विकाश गर्ने, विद्यार्थीहरुमा प्रतिष्पर्धी भावनाको विकाश गरी क्षमता अधिबृद्धि गर्ने, साहित्य र सिर्जनालाई अभिप्रेरित गर्ने, शिक्षा र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने सम्मानित व्यक्तित्व एवं संस्थाहरुलाई सम्मान गरी मनोवल बढाउने, व्यवसाय प्रबद्र्धन गर्ने, सर्जक, उत्पादक, वितरक र पाठक एव उपभोक्तलाई एकै ठाउँमा उपस्थित गराएर हामी हाम्रो सामाजिक उत्तरदायित्व पुरा गर्ने योजना छ ।
त्यसको लागि बढी भन्दा बढी लाख दर्शकलाई महोत्सवमा प्रत्यक्ष अवलोकन गराउने नै हो । दाङकै पुरानो तथा ठूलो सर्वाेदय पुस्तकालय छ । यो संगै अन्य पुस्तकालयहरुको प्रचार–प्रसार र संरक्षण तथा सम्बद्र्धनका लागि एउटा योजना सहितको ध्यानाकर्षण गराउने भन्ने पक्ष पनि संगसंगै जोडिएको छ । पठन संस्कृतिको अभियानमा लागि पर्ने व्यक्ति, संघ–संस्थाहरुसँगको सहकार्यतामा सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्ने जिम्मेवार व्यवसायी संस्थाको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ । यसरी व्यवसायीहरुलाई उनीहरुको दक्षता र क्षमतामा अभिबृद्धि गराई व्यवसायलाई प्रबद्र्धन गर्दै सामाजिक दायित्वबोध गराउने र सक्षम बनाउने हो । त्यति मात्र हैन दाङकै एक मात्र, पूर्विय दर्शन तथा संस्कृतिको धरोहर नेपाल संस्कृत विश्वविद्यालयको प्रचार प्रसार गर्नु पनि हाम्रो महोत्सबको लक्ष्य हो ।
त्यसो भए महोत्सबका आकर्षणहरु के के हुन्छन् ?
बदलिँदो राज्यको संरचनासँगै शिक्षाको स्वरुप, नेपाली साहित्यका रुपरेखा लगायतका विषयहरुमा सम्बन्धित विज्ञहरुलाई उपस्थित गराई अन्तरक्रियाहरु सञ्चालन गरिनेछ । महोत्सवको अर्काे आकर्षणको रुपमा विभिन्न विधामा पुस्तक लेखन, सम्पादन, प्रकाशनमा अतुलनीय योगदान दिने श्रष्टालाई विगतमा जस्तै राष्ट्रिय सम्मान गरिनेछ । साथै मसलन्द तथा शैक्षिक सामग्रीहरुको परनिर्भरता घटाई साहसका साथ उत्पादन कार्यका लागि क्रियाशिल उत्पादकलाई सम्मान गरिने छ । अन्तरविद्यालय तथा कलेज स्तरीय विभिन्न प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय विविध विधाका पुस्तक, शैक्षिक मसलन्द सामग्री, खेलकुद लगायतका सामग्रीहरुको प्रदर्शन, विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता (प्रा.वि. १ – ८) विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता (मा.वि. ९–१२) लोक नृत्य प्रतियोगिता (प्रा.वि. १–८, मा.वि. ९–१२) कलेज स्तरीय निबन्ध प्रतियोगिता, विद्यालय स्तरीय वादविवाद प्रतियोगिता (९–१२) विद्यालय स्तरीय कविता प्रतियोगिता, खुल्ला साहित्यिक कार्यक्रम, चित्रकला प्रतियोगिता (१–८), समसामयिक कार्यक्रम विचार गोष्ठी, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति हुनेछन् ।
यस्तै महोत्सवमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विविध विधाका पुस्तकहरुको प्रदर्शनी एवं विक्रि प्रमुख विषय हो भने स्टेशनरी बस्तुहरुको प्रदर्शनी एवं विक्रि, आधुनिक शैक्षिक सामाग्रीहरुको प्रदर्शनी एवं विक्रि, विभिन्न प्रकाशनहरुका विषयमा जानकारी एवं ती प्रकाशनहरुका पुस्तक प्रदर्शनी एवं विक्रि, खेलकुदका सामग्रीहरुको प्रदर्शनी एवं विक्रि, सूचना प्रविधिको प्रदर्शनी, प्राथमिक उपचारको उपलब्धता, सेवा व्यवसायको प्रदर्शनी समेत हुनेछ ।
दर्शकहरुको सहभागिता कस्तो हुन्छ भने अपेक्षा राख्नुभएको छ ?
बढी भन्दा बढी आर्थिक कारोवार गर्ने लक्ष्यका साथ बढी दर्शकहरुलाई प्रत्यक्ष रुपमा महोत्सवको अवलोकन गराउने लक्ष्य हो । महोत्सवमा शिक्षा, पुस्तक, स्टेशनरी, खेलकुदसँग सम्बन्धित विभिन्न प्रकारका उत्पादन÷सेवा सहित नेपालभरका इच्छुक उद्यमी व्यवसायी, संघ संस्थाहरुको महत्वपूर्ण सहभागिता हुनेछ । यसका अतिरिक्त विभिन्न स्कूल, कलेजका विद्यार्थीहरुको शैक्षिक, सांगितिक, साँस्कृतिक गतिविधि सहितको सहभागिता रहनेछ ।
महोत्सवको प्रचारप्रसार कसरी भैरहेको छ ?
स्थानीय र राष्ट्रियस्तरका पत्रपत्रिका, टेलिभिजन तथा एफ.एम. रेडियोहरुबाट व्यापक प्रचार प्रसार छ । स्थानीय स्तरमा माइकिङ, पोष्टर, व्यानर, ब्रोसरहरुबाट प्रचार प्रसार गर्ने कार्यक्रमको तयारीमा छौँ । अहिलेको सबै भन्दा सजिलो र ब्यापक प्रचारप्रसार हुने भनेको सामाजिक संजाल हो । यसलाई हामीले भरपुर प्रयोग गर्दैछौ । प्रदर्शनी सम्बन्धि तथ्याङ्क ऐतिहासिक अभिलेखको रुपमा स्मारिका प्रकाशन गर्ने र महोत्सव सम्बन्धि महत्वपूर्ण गतिविधिहरुको स्थानिय विद्युतिय माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने हाम्रो योजना छ ।
अन्त्यमा के भन्नु हुन्छ ?
शिक्षाको समुचित विकाश बिना स्वस्थ समाज, समुदाय र राष्ट्रको परिकल्पना गर्न सकिदैन तथा शिक्षाको विकास पठन संस्कृतिको विस्तार र विकास बिना सम्भव छैन । डिजिटल मिडियाहरुको आक्रामक विस्तारका कारण प्रिन्ट मिडियाहरु केही ओझेलमा परिरहेको सर्वविदितै छ । यसैको चपेटामा परेर पुस्तक पठन संस्कृति ओझेलमा परी आफ्नो अस्तित्व जोगाउन संघर्षरत छ । पुस्तक पठन संस्कृति जोगाउनु तथा आम सर्वसाधारणमा पठन संस्कृतिको विकास गर्नु आज चुनौतिको विषय बनिसकेको छ । सोही चुनौतिलाई स्वीकार गर्दै यस नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, दाङ शाखाले यस “सातौँ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव – २०७३” को आयोजना गरेको हो । पुस्तक तथा स्टेशनरीजन्य वस्तुहरुको प्रदर्शनी एवं क्रय विक्रय गर्नु मात्र नभई पठन संस्कृति जोगाउनु तथा आम सर्वसाधारणमा पठन संस्कृतिको विकास गर्नु, सर्वसाधारणमा स्वाध्ययन प्रवृत्तिको विकासमा भूमिका खेल्नु समेत यस महोत्सवको महत्व रहनेछ ।