तुलसीपुर, मंसिर २२ । पहिलो पटक अन्तर्राष्ट्रिय टिमसँग क्रिकेट खेल्न थाइल्यान्ड जान लागेका खेलाडीहरु विदाई गरिएको छ । पव्लीक ज्ञानज्योति उच्चमावि तुलसीपुरले तुलसीपुरस्थित योङ स्टार क्लवका खेलाडीहरुलाई बुधबार विदाई गरेको हो ।
कलेजका प्राचार्य सुरेन्द्र जिसीले खेलाडीहरुको सफलताको कामनाका साथै तुलसीपुरको सानलाई उचो पार्न आग्रह गर्र्दै खेलाडीहरुलाई शुभकामना दिनुभएको छ । कार्यक्रममा क्लवका अध्यक्ष सिताराम शर्माले कलेजले गरेको सम्मानप्रति आभार व्यक्त गर्नुभयो । थाइल्यान्डको राष्ट्रिय एवं स्थानीय क्लवसँग खेलिने खेलमा पब्लीक ज्ञानज्योति उच्चमाविका खेल शिक्षक अरुण लहरेसहित विद्यार्थीहरु सुदिप नेपाली, आकाश सिंह र प्रविण अधिकारीसहित चार जनाको सहभागिता रहेको छ ।
विदाई कार्यक्रममा सहप्राचार्य मनोजकुमार केसी, मानविकी र शिक्षा संकाय संयोजक शरद गौतम र टिम क्याप्टेन रुपेश शर्मालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो, भने कार्यक्रमको सहजीकरण वसन्त विवश आचार्य गर्नुभएको थियो ।