प्युठान, मंसिर २३ । प्युठान नगरपालिका–७ बस्ने ५६ बर्षीय भेष बहादुर रानाको आफैले काट्दै गरेको रुखले लागेर मृत्यु भएको छ ।
मंगलबार घर नजिकै बयरको रुख काट्ने क्रममा रुख ढलेर लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागी जिल्ला अस्पताल बिजुवार लगिएकोमा उपचारकै क्रममा बुधबार मृत्यु भएको थियो ।