मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

तुलसीपुर, पुस २९ । राप्ती बबई क्याम्पसमा लगाएको ताला २८ दिनपछि खुलेको छ । क्याम्पस सञ्चालक समिति, प्रशासन र आन्दोलनकारी बीच भएको वार्तामा माग सम्बोधन गर्ने विषयमा सहमति भएपछि पुस १ गतेदेखि क्याम्पस प्रशासनमा लगाएको ताला शुक्रबार खुलेको हो ।

दोहोरो नियुक्ति लिएका प्राध्यापकलाई एउटा शैक्षिक संस्था रोज्न लगाउने, कक्षाहरु नियमित सञ्चालन गर्ने, विषयगत शिक्षकको व्यवस्था गर्ने,  मध्यपश्चिम विश्व विद्यालयको आंगीक क्याम्पस बनाउनका लागि पहल गर्ने , लामो विदा लिएर बसेका प्राध्यापकलाई क्याम्पसमा तत्काल बोलाउने  आगामी दिनदेखि लामो बिदा नदिने, छानबिन समितिले सिफारिस गरेका प्रतिवेदनलाई कार्यान्वयन गर्ने र विभिन्न कार्यक्रमका नाममा प्राध्यापकले लगेको रकम फिर्ता गराउने विषयमा वार्तामा सहमति भएको थियो ।

दुवैपक्ष बीच भएका मागहरु कार्यान्वयनका लागि माघ १२ गतेसम्मको समय दिइएको अनेरास्वियुका प्रवक्ता वर्षात भण्डारीले जानकारी दिनुभएको छ । यदि मागहरु पुरा नभएमा पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताइएको छ ।

वार्तामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष गोपिनाथ योगी, क्याम्पस प्रमुख लक्ष्मणकुमार रेग्मी र सहायक क्याम्पस प्रमुख गणेश पार्धे, अनेरास्वियु दाङका सहसचिव प्रकाश शर्मा, जिल्ला सदस्य प्रकाश रावत, सिएम विश्वकर्मा र क्याम्पस कमिटीका अध्यक्ष रविन वलीलगायतको सहभागीता रहेको थियो । अनेरास्ववियु जिल्ला कमिटीको समन्वयमा क्याम्पस कमिटीले ताला लगाएको थियो । 

Abroad Study
«
Next
»
Previous