नवीन अभिलाषी,
दाङ, माघ १ । कम्पनी रजिष्ट्रार्डको कार्यालयमा कम्पनीका रुपमा दर्ता भएका दाङका २९ वटा विद्यालय अन्यौलमा परेका छन् । २०७२ सालभित्र कम्पनी रजिष्ट्रार्डमा जिल्लाका २९ वटा विद्यालयहरु कम्पनीको रुपमा दर्ता भएका थिए । तर, ती विद्यालयलाई कक्षा सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयले अनुमति नदिएपछि ती विद्यालयहरुले कक्षा सुरु गर्न नसक्दा अन्यौलमा परेका हुन् ।
जिल्लाका २९ वटा विद्यालयहरुले कक्षा १ सञ्चालन गर्नका लागि कम्पनी रजिष्टार्ड कार्यालयमा दर्ता गराएका थिए । २०७२ सालभित्रै कक्षा सञ्चालन गर्नुपर्ने भए पनि विभिन्न कारणले कक्षा सञ्चालन गर्न नसकेका २९ विद्यालयले अब कम्पनीका रुपमा कक्षा सञ्चालन गर्न नपाउने भएका छन् । शिक्षा ऐनको आठौँ संशोधनमा विद्यालयलाई कम्पनीका रुपमा सञ्चालन गर्न नदिने उल्लेख छ । विद्यालयलाई गुठी तथा सहकारीमार्फत् चलाउने र २०७२ साल भन्दा पहिले सञ्चालनमा रहेका विद्यालयलाई भने कम्पनीकै माध्यमबाट सञ्चालन गर्न दिने ऐनले उल्लेख गरेको छ ।
निजी विद्यालयहरु सञ्चालनका लागि २०७२ सालसम्म कम्पनीमा दर्ता गरेर सञ्चालन गर्दै आइएको थियो । तर, सरकारले निजी विद्यालयहरुलाई कम्पनी भन्दा पनि गुठी र सहकारी माध्यमबाट सञ्चालन गर्न भनेको छ । तर, जिल्लाका २९ वटा विद्यालयले २०७२ भित्रै कक्षा सञ्चालन नगरेका तर कक्षा सञ्चालनका लागि ठूलो रकम खर्च भइसकेकाले समस्यामा परेको बताएका छन् । सुर्योदय मन्टेश्वरी घोराही, मुनस्टार प्रालि बडहरा, सनग्लो मोर्डन ऐकेडेमीलगायतका विद्यालयहरुले पुस २९ गतेसम्म कक्षा थप गर्न अनुमतिका लागि आवेदन माग गरेका थिए ।
नर्सरी, एलकेजी र युकेजीका कक्षा मात्रै सञ्चालन गरेका विद्यालयले बुझाएको आवेदन भने जिल्ला शिक्षा कार्यालयले लिन मानेन । पूर्व प्राथमिक तहलाई विद्यालय नमानिने भन्दै शिक्षा अधिकारी रमेश मैनालीले १ कक्षादेखि माथिको विद्यालयलाई कम्पनीका रुपमा सञ्चालन गर्ने व्यवस्था नभएकाले फारम लिन नसकिएको बताउनुभयो ।