मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दीपकसंगम थापा,
रुकुम फागुण १६ । रुकुममा गत फागुण १२ गतेदेखि जारी मध्यपश्चिम रुकुम महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुले बेजोड प्रस्तुती दिइरहेका छन् । कलाकारहरुले रुकुमेली दर्शकहरुको मन जित्न सफल भएका छन् ।

सोमबारको प्रस्तुतीमा लोकदोहरी गायक किरणबावु पुनले पर्खी बसे, लोक टप्पालगायतका चर्चित गीतहरु प्रस्तुत गर्नुभएको थियो । यसैगरी गायक तिलक परियारले रिम्मा दोभान, टप्पालगायतका गीत प्रस्तुत गरेर दर्शकलाई नाच्न बाध्य बनाएका बनाउनुभएको थियो । गायक तथा संगीतकार किरणबाबुले हामी सबै नेपाली, हामी सेना प्रहरी, छितिजपारीलगायतका थुप्रै गीतहरु पनि गाउनुभएको छ ।

रुकुमबासी तिलक र किरणले प्रायः स्थानीय भाकालाई जोड दिएर गीतहरु निर्माण गरेका छन् । चर्चित गायक किरण र तिलकले महोत्सवको रौनक तताएका थिए । यसैगरी गायक जय देवकोटाले पनि अघिल्लो दिनको प्रस्तुतीमा निकै उत्साहका साथ दर्शकलाई नचाउनुभएको थियो ।

यसैगरी नेपाल महेन्द्र प्रहरी क्लवका कलाकारहरुले रुकुुमको महोत्सवलाई निकै रमणिय बनाएका छन् । सोही क्लवको तर्फबाट रुकुम आएकी चर्चित मोडल पुर्णीमा श्रेष्ठलाई टेलिभिजनको पर्दामा मात्र देख्न पाएका रुकुमेलीले प्रत्यक्ष देख्न पाउँदा खुसी भएका छन् । पूर्णीमा श्रेष्ठले रुकुमेली दर्शकहरुको मन जित्ने गरी आफ्नो नृत्य प्रस्तुत गर्नुभएको थियो ।

विशेषगरी प्रहरी क्लवका कलाकारहरुले हिमाल, पहाड र तपाई एवं विभिन्न भाषाभाषीहरुले गाउने गीत र नृत्यलाई उतारेर प्रस्तुत गरेका थिए । महोत्सव फाल्गुन २१ गतेसम्म चल्ने छ । सोमबारको महोत्सवमा रुकुमका प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्य, स्थानीय विकास अधिकारी नरेन्द्र कुमार राणा, प्रहरी नायव उपरिक्षक अंगुर जिसीलगायतले अवलोकन गरेर महोत्सवको गरिमा बढाउनुभएको थियो ।

दैनिक हजारांैको उपस्थिति हुने महोत्सवमा करिब डेढसय स्टलहरु रहेका छन् । स्टलहरुमा बाक्लो किनमेल भइरहेको छ । उक्त महोत्सव अवलोकनका लागि रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक टेकबहादुर पुनले सबैलाई आग्रह गर्नुभएको छ । महोत्सवबाट संकलन भएको रकम एम्वुलेन्स खरिद गरिने बताइएको छ ।


Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post