दाङ, फागुण १६ । दाङको घोराही मंसिर ३० गतेदेखि पुस ६ गतेसम्म सञ्चालन सातौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव–२०७३ को आर्थिक विवरण आयोजकले सार्वजनिक गरेको छ । सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने उद्देश्यले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले आयोजना गरिएको शैक्षिक महोत्सवको आयव्यय विवरण सार्वजनिक गरेको हो ।
घोराहीमा पत्रकार सम्मेलन गरी आयोजकले ४५ लाख बढीको आर्थिक कारोबार भएको बताएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दाङका अध्यक्ष घनश्याम बरालले पत्रकार सम्मेलनमा ४५ लाख १९ हजार ३ सय ६ रुपैया बराबरको आर्थिक कारोबार भएको जानकारी दिनुभयो । महोत्सवबाट ५ लाख २ हजार ७ सय ७६ रुपैया बैंक मौज्दात र २० हजार ५ सय ३० रुपैया नगद मौज्दात रहेको उहाँले बताउनुभयो । महोत्सवका लागि विभिन्न निकायहरुबाट २३ लाख ९ हजार ३ सय ९५ रुपैया सहयोग प्राप्त भएको, प्रदर्शनी शुल्कबाफत ५ लाख ६२ हजार ७ सय ५० रुपैया, बाल उद्यानबाट ४ लाख, विद्यालय प्रवेश शुल्क सहयोग ३८ हजार ४ सयलगायतको सहयोग प्राप्त भएको छ ।
यस्तै भ्रमण तथा यातायातमा १ लाख ६२ हजार ८ सय ५०, स्टल निर्माण २ लाख ८९ हजार ५ सय, खाना तथा अतिथि सत्कारमा ३ लाख ८६ हजार ५ सय ६ रुपैयालगायतका खर्चहरु भएको आयोजकले आयव्यय विवरण प्रस्तुत गरेको छ । पठन संस्कृतिको विकासका सहयोग गर्ने उद्देश्यले आयोजना गरेको महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकायलाई आयोजकले धन्यवाद समेत दिएको छ ।