दाङ, फागुण १६ । नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला शाखा दाङको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं मुक्ति समाजका केन्द्रिय उपाध्यक्ष भागवत विश्वासीले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने बताउनुभयो । व्यवस्थापिका संसद सदस्य समेत रहनुभएका विश्वासीले बैशाख ३१ गते हुने निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने दावि गर्नुभयो ।
एमालेका लागि यो अवसरको विषय भएको भन्दै यो अवसरलाई मुक्ति समाजले भरपुर उपयोग गर्नुपर्ने नेता विश्वासीको भनाई थियो । अब देशका सबै ठाउँ, वडा, गाउँपालिकाहरुमा दलितहरु अनिवार्य नेता बन्ने व्यवस्था सुरु भएकाले यो दलितहरुका लागि ठूलो उपलब्धी भएको बताउनुभयो । अहिले देश छुवाछुत मुक्त भए पनि सविधानले पूर्णरुपमा छुवाछुत अन्त्य भए पनि समाजमा विभेद कायमै रहेको उहाँको भनाई थियो । तर, विभेद हटाउनका लागि दलितहरु नै एक भएर आन्दोलनमा सक्रिय हुनुपर्ने उहाँको भनाई रहेको थियो ।
मुक्ति समाजका जिल्ला कमिटी अध्यक्ष टंक सुनारको अध्यक्षता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष भागवत विश्वासीको प्रमुख आतिथ्यतामा भएको बैठकले फागुण ६ र ७ गते घोराहीमा भएको मुक्ति समाजको आठौं दाङ जिल्ला सम्मेलन भव्य रुपमा सफल भएको समीक्षा गर्दै सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।
साथै बैठकले कार्य विभाजन गरेको छ । मुक्ति समाज क्षेत्रनम्वर १ को ईञ्चार्जमा बेगम गहतराज, क्षेत्रनम्वर २ को ईञ्चार्जमा कुलबहादुर गोतामे, क्षेत्रनम्वर ३ को ईञ्चार्जमा सुन्दर विश्वकर्मा, क्षेत्रनम्वर ४ को ईञ्चार्जमा शंकर नेपाली र क्षेत्रनम्वर ५ को ईञ्चार्जमा टंकराज विश्वकर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै क्षेत्रीय भेला गर्ने पनि निर्णय गरेको छ । क्षेत्रनम्वर १ मा चैत्र १३ गते र बाँकी अन्य क्षेत्रहरुमा चैत्र ७ गते क्षेत्रीय भेला गर्ने निर्णय गरेको छ ।
साथै बैठकले भर्खरै सम्पन्न भएको सम्मेलनमा भएको आर्थिक विवरणहरु पारित गरेको छ । सम्मेलनमा १ लाख ७१ हजार ८ सय ९५ रुपैया संकलन भएको, २ लाख ३ हजार १ सय २५ रुपैया खर्च भएको र ३१ हजार २ सय ३० रुपैया ऋण रहेको मुक्ति समाजले बताएको छ । आर्थिक गतिविधिहरुलाई पारदर्शी बनाउन बैठकमा खाता खोल्ने पनि निर्णय गरेको छ । मुक्ति समाजका उपाध्यक्ष शंकर नेपालीले स्वागत गर्नुभएको बैठकको सहजीकरण मुक्ति समाजका सचिव नवीन अभिलाषीले गर्नुभएको थियो ।