श्रीराम चौधरी,
घोराही, फागुण १७ । हिमालयन शान्ति तथा विकास अभियान नेपाल (हिप्डेक) ले किशोरीहरुका लागि ‘मानव बेचबिखन तथा कानुनी प्रावधान’ सम्बन्धी प्रशिक्षण सोमबार घोराहीमा सम्पन्न गरेको छ । घोराही नगरपालिका र युनिसेफको सहयोगमा सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा घोराहीका ४० बढी किशोरीहरुको सहभागिता रहेको थियो ।
घोराही नगरपालिका वडानम्वर २ का वडा नागरिक मञ्च संयोजक नारायणप्रसाद पोख्रेलको अध्यक्षता तथा घोराही नगरपालिकाका सामाजिक विकास अधिकृत सुबोध रेग्मीको प्रमुख आतिथ्यता भएको कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि रेग्मीले मानव बेचबिखनले समाजमा डरलाग्दो रुप लिइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । मानव बेचबिखनमा संलग्न हुनेहरुलाई राज्यले कडा कानूनको व्यवस्था गरे पनि नागरिकहरु सचेत नहुँदा यस्ता घटना बढ्नुका साथै अपराधीहरु सजिलै उन्मुक्ति पाउने गरेको बताउनुभयो ।
स्वदेशमै उद्यम गर्ने बानीको विकास र रोजगारीको प्रलोभनमा नफस्ने हो भने मानव बेचबिखनमा कमी आउने उहाँको धारणा थियो । कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख श्रीधर ज्ञवाली र अधिवक्ता भूपबहादुर केसीले मानव बेचबिखन, यसको जोखिम, बच्ने उपाय, उद्धार तथा पुनःस्थापना प्रक्रिया र कानुनी प्रावधानका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजीकरण हिप्डेकका कार्यक्रम संयोजक किरण गौतमले गर्नुभएको थियो ।