दाङ, फागुण १६ । नेपाल रेडक्रस सोसाइटी दाङका शाखाका सभापति नारायण आचार्यले सबै मानव सेवामा लाग्नुपर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको सातांै साधारण सभाका प्रमुख अतिथि समेत रहेका आचार्यले सबैको सत्कार्यले नै रेडक्रसका संस्थापक हेनरी डियुनाको विचारले सार्थकता पाउनु बताउनुभएको हो ।
उपशाखाका सभापति लोकबहादुर राणाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सहसचिव गोकर्ण पौडेलले नेपालमा रेडक्रसको महत्व विभिन्न क्षेत्रमा उत्कृष्ट भएको बताउनुभएको थियो । कार्यक्रममा बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीले रेडक्रसलाई संस्थागतरुपमा सहयोग गर्न सकिने बताउनुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङका सदस्य शिवकुमार थापा, नेपाली कांग्रेस बिजौरीका उपसभापति ताराबहादुर खत्री, बिजौरी उपस्वास्थ्य चौकीका गोविन्द पार्धे, श्रीधर पौडेललगायतकाले बोल्नुभएको थियो । कार्यक्रममा शाखाको भवन निर्माणका लागि ४ लाख सहयोग गर्ने बिजौरी–६ ग्वार खोलाका लक्ष्मण योगीलाई सम्मान गरिएको थियो । कार्यक्रममा भवन निर्माणका लागि गोविन्द आचार्यले ५ हजार सहयोग गर्नुभएको थियो, भने गोविन्द पार्धेले ५ हजार ५ सय ५५ सहयोग गर्ने प्रतिबद्वता जनाउनुभएको थियो ।
भवन निर्माणका लागि नेपाल संस्कृत विश्वविद्यालयले बिजौरी–६ मा जग्गा प्रदान गरेको छ, भने भवन समेत निर्माण प्रक्रियामा अघि बढेको निमार्ण समितिका संयोजक भीमनाथ गौतमले जानकारी दिनुभयो । साथै भवन निर्माणका लागि बिजौरी गाविसबाट ७५ हजार प्राप्त हुने र विभिन्न निकायबाट भवन निर्माणका लागि बालुवा, गिट्टी, इट्टा, काठ प्राप्त भएको जानकारी दिनुभएको थियो ।
भवन निर्माणका लागि देवबहादुर डाँगीले ५० हजार दिएको र बाँकी ५० हजार समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष नदन अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, भने सचिव विश्वराज शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपसभापति केशव शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विश्वराज शर्माले गर्नुभएको थियो ।
