मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, फागुण १७ । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति दाङको नयाँ कार्यसमितिमा युवराज बस्नेतको समूह बिजयी भएको छ । संघको दशौं अधिवेसनबाट बस्नेत बिजयी हुनुभएको हो ।

बस्नेत १ हजार ३३ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी रमेशकुमार पाण्डेले ६ सय ८५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त विष्णुप्रसाद आचार्यका अनुसार उपाध्यक्ष पदमा योगराज खत्री विजयी हुनुभएको छ । खत्रीले ८ सय ५६ मत प्राप्त गर्नुभएको छ, भने उहाँका प्रतिद्वन्द्वी थानेश्वर आचार्यले ८ सय १ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै महिला उपाध्यक्षमा अनन्ता केसी विजयी हुनुभएको छ । उहाँले १ हजार २१ मत प्राप्त गर्नुभएको छ, भने उहाँकी प्रतिद्वन्द्वी वसुन्धरा पाण्डेले ६ सय ९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सचिवमा १ हजार ६५ मत प्राप्त गरी सचिवमा प्रकाश डाँगी बिजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी सूर्यबहादुर बस्नेतले ४ सय ९९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै सचिव अर्थमा पूर्णबहादुर खत्रीले ९ सय ४६ मत प्राप्त गरी बिजयी हुनुभएको छ, उहाँका प्रतिद्वन्द्वी ढकबहादुर वलीले ७ सय ९ मत प्राप्त गर्नुभएको छ । सहसचिवमा दानबहादुर बिसी ९ सय ७७ मत प्राप्त गरी बिजयी हुनुभएको छ, उहाँका प्रतिद्वन्द्वी तुलसीराम भुसाल ६ सय ११ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै सहसचिव महिलामा वसन्ता पौडेलले १ हजार ४० मत प्राप्त गरी बिजयी हुनुभएको छ, भने उहाँका प्रतिद्वन्द्वी एशोदा भट्टराईले ५ सय ६१ मत प्राप्त गरी पराजीत हुनुभएको छ । सहसचिव महिला अर्थमा तारा हमाल ८ सय ८८ मत प्राप्त गरी बिजयी हुुनुभएको छ, भने उहाँका प्रतिद्वन्द्वी शान्ति सुवेदी गौतमले ७ सय १७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै सहसचिव समावेशीमा रामबहादुर चौधरी ८ सय २ र निमबहादुर नेपालीले ७ सय ८९ मत प्राप्त गरी बिजयी हुनुभएको छ । त्यस्तै सदस्य खुल्लामा श्रीधर योगीले ९ सय ४४, पदमप्रसाद रावतले ८ सय ९१, माधवप्रसाद पोख्रेल ८ सय १५, युवराज सुवेदी ८ सय ७० मत प्राप्त गरी बिजयी हुनुभएको छ । महिला सदस्यमा सुशीला डाँगीले १ हजार १ सय ७४, टीका बिसीले १ हजार १ सय ६३ र अना शर्माले ८ सय ४८ मत प्राप्त गरी बिजयी हुनुभएको छ । त्यस्तै ३६ जना विभिन्न तहका लागि भएको निर्वाचनमा देउकुमारी चौधरी, सावित्रा आचार्य र सुशीला भट्टराई निर्बिरोध चयन हुनुभएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post