दाङ, फागुण १७ । शान्ति पुनःस्थापनाका सम्वाहक कार्यक्रमको अन्तक्र्रिया मंगलबार घोराहीमा सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष विमला योगीको अध्यक्षता तथा लघुवित्त कार्यक्रम निर्देशक शारदा शर्माको आतिथ्यतामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका लेखा तथा प्रशासन प्रमुख पवन योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका व्यवस्थापक लोकमणी रेग्मीले कार्यक्रम तथा संस्थाले गरेका अन्य क्रियाकलापका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष योगीले शान्ति पुनःस्थापनाका सम्वाहक कार्यक्रम अन्तर्गत समुदायमा शान्ति निर्माण गर्नेतर्फ सबै गम्भीर भए लाग्नुपर्ने सुझाव दिनुभएको थियो ।
नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीको साझेदारीमा सञ्चालन हुने शान्ति पुनःस्थापनाका सम्वाहक कार्यक्रमअन्तर्गत समुदायका बाल समूह, युवा समूह तथा आमा समूह स्थापना गरिने साथै विद्यालयमा बालमैत्री कार्यक्रम पनि सञ्चालन गरिने प्रशासन प्रमुख योगीले जानकारी दिनुभयो ।
कार्यक्रममा लघुवित्त प्रमुख शारदा शर्मा, लोखापाल अर्चना शर्मा, कार्यक्रम संयोजक वसन्त पोख्रेल, मानो सामाजिक परामर्सकर्ता लक्ष्मी ढकाल, शान्ति दुत देविराम कुसारी, सरस्वती चौधरी, छिमा डाँगीलगायतले बोल्नुभएको थियो ।