मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सल्यान, चैत १८ । सल्यानमा विगत लामो समयदेखि एन्टी रेबिज खोपको अभाव भएपछि सेवाग्राही समस्यामा परेका छन् । स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आइरहेको एन्टी रेबिज भ्याक्सिन विगत डेढ महिनादेखि अभाव भएपछि कुकुरले टोकेका बिरामी निजी क्लिनिकमा चर्को मूल्य तिरेर खोप लगाउन बाध्य भएका हुन् ।

जिल्ला अस्पताल सल्यान र उपस्वास्थ्य चौकी थारमारेबाट रेबिज रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको भएपनि गत फागुन पहिलो हप्तादेखि नै उक्त खोपको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ ।

सल्यानमा मात्र नभई देशभर खोपको अभाव भएको जिल्ला जनस्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिइन् ।  प्रतिमहिना एकसयदेखि दुईसय खपत हुँदै आएकोमा फागुनदेखि खोपको अभाव हुँदा बिरामी रित्तो हात फर्किन बाध्य भएको रावलको भनाइ छ । 

Abroad Study
«
Next
»
Previous