दाङ, चैत १८ । राप्ती अञ्चलस्तरिय क्रिकेट प्रतियोगीता भोलिदेखि दाङको घोराहीमा हुने भएको छ । त्रिभुवननगर जेसीजको आयोजना तथा दाङ क्रिकेट संघको संयोजनमा राप्ती अञ्चलस्तरिय ‘रुस्लान जेसीज कप क्रिकेट प्रतियोगीता–२०१७’ हुन लागेको हो ।
यसैबीच त्रिभुवननगर जेसीजले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । घोराहीस्थित पद्मोदय पव्लीक नमुना माविको मैदानमा हुने प्रतियोगीतामा राप्ती अञ्चलका १२ वटा क्लवको सहभागीता हुन लागेको अध्यक्ष दीपक शर्मा समीरले जानकारी दिनुभयो । ‘रुस्लान जेसीज कप क्रिकेट प्रतियोगीता’ राप्तीकै सर्वाधिक ठूलो क्रिकेट प्रतियोगीता भएको दावी गर्दै अध्यक्ष शर्माले प्रतियोगीताको विजयी क्लवलाई ५० हजार र उप–विजेता क्लवलाई २५ हजार नगदसहित शिल्ड र प्रमाण पत्र प्रदान गरिने जानकारी दिनुभयो ।
उहाँले म्यान अफ द सिरिजलाई ५ हजार, बेष्ट बलर, बेष्ट ब्याड्स म्यान र इमरजिङ खेलाडीलाई ३÷३ हजार नगदसहित शिल्ड र प्रमाण पत्रद्वारा पुरस्कृत गरिने जानकारी दिनुभयो । भोलिदेखि एक सातासम्म सञ्चालन हुने प्रतियोगीताको टाइटल स्पोन्सरमा ‘जाउलाखेल गु्रप’ रहेको जनाउँदै अध्यक्ष शर्माले प्रतियोगीताको सह–प्रायोजकमा हेरिटेज कार्पेट र प्रायोजकमा नमुना स्याटलाइट सर्भिस प्रालि, सुपथ इन्टरप्राइजेज, एसिएन कन्टिनेन्टल रहेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले बिस ओभरमा खेलाइने खेलमा युनाइटेड नयाँ वजार क्लव, भ्यालि जुनियर क्रिकेट क्लव ‘ए’, घोराही ग्लाडियर क्रिकेट क्लव, लमही क्रिकेट क्लव, पुरन्धारा क्रिकेट क्लव, रुकुम क्रिकेट संघ, घोराही क्रिकेट एकाडेमी, नेपाली क्रिकेट फ्यान क्लव, भ्यालि जुनियर क्रिकेट क्लव ‘बी’, त्रिशिद्धेश्वरी क्रिकेट क्लव–यु १६, त्रिशिद्धेश्वरी क्रिकेट क्लव र राप्तीद्वारा क्रिकेट क्लवको सहभागीता रहने जानकारी दिनुभयो ।
त्रिभुवननगर जेसीजका खेल संयोजक यज्ञबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले ‘रुस्लान जेसीज कप क्रिकेट प्रतियोगीता–२०१७’ ले दाङलाई मुलुकभर चिनाउन महत्वपूर्ण भूमिका खेल्ने हुँदा यसलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । ५ नम्वर प्रदेशको राजधानीका लागि दाङलाई मुलुकभर चिनाउन जिल्लाका सम्पूर्ण क्षेत्र लागिपर्नुपर्ने भन्दै अध्यक्ष प्रियासनले भन्नुभयो, ‘दाङ ५ नम्वर प्रदेशको राजधानीका लागि चर्चामा छ, यो चर्चालाई व्यवहारमा उतार्न यहाँका सबै क्षेत्र लागिपर्नुपर्ने आवश्यकता छ । रुस्लान जेसीज कप क्रिकेट प्रतियोगीता–२०१७ ले दाङलाई मुलुकभर चिनाउन मद्दत गर्छ ।’ प्रतियोगीतालाई सफल बनाउन जिल्लाका सबै सञ्चारमाध्यमले आफ्नो ठाउँबाट सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले दाङमा बिट पत्रकारिताको सुरुवात गर्न आवश्यता भइसकेको भन्दै यस प्रकारका खेलले बिट पत्रकारिताको विकासमा मद्दत पु¥याउने बताउनुभयो । जेसीजका उपाध्यक्ष रामबहादुर गिरीले धन्यवाद ज्ञापन गर्नुभएको पत्रकार सम्मेलनमा उपाध्यक्ष मिनराज भाटले जेसीज आस्था पाठ गराउनुभएको थियो, भने महासचिव मुकेश शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।