पाण्डव शर्मा,
दाङ, चैत १८ । दाङमा साविकको घोराही नगरपालिका क्षेत्रलाई समेट्नेगरी प्रस्ताव गरिएको घोराही चक्रपथ योजना ७ वर्ष बितिसक्दा पनि कुनै प्रगति हुन सकेको छैन । १३औं नगरपरिषद्मार्फत नीतिगत रूपमा नगरपालिकाले सबै वडालाई समेट्नेगरी चक्रपथ योजना अघि सारेको थियो । त्यति बेलाको बजार भाउअनुसार चक्रपथ निर्माण गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो । तर, हालसम्म चक्रपथ निर्माणमा कुन प्रक्रिया अवलम्बन गर्ने भन्ने निधो भइसकेको छैन । ठूला पूर्वाधार निर्माणमा नेपालमा हालसम्म जग्गा अधिकरण, सहमति वा एकीकृत जग्गा विकास कार्यक्रम ‘ल्याण्डपुलिङ’ विधि अवलम्बन गरिँदै आएको छ ।
नगरपालिकाले ३ वर्षअघिदेखि चक्रपथको ट्र्याक खोल्न शुरू गरेको थियो । तर, ५ सय मिटर ट्र्याक खोली नसक्दै स्थानीय उपभोक्ताले अदालतमा मुद्दा दायर गरेपछि काम रोकिएको छ । अदालतले ५१ प्रतिशत उपभोक्ताको सहमति खोजेको छ । तर, हालसम्म उपभोक्ताको सहमति जुट्न सकेको छैन । घोराही नगरपालिका स्थानीय तह संरचनाअनुसार उपमहानगरपालिकामा रूपान्तरण भइसकेको छ । नयाँ संरचना बनेपछि चक्रपथ कसरी अगाडि बढाउने भनेर अन्योल भएको उपमहानगरपालिकाका सूचना अधिकारी प्रेम केसीले बताए ।
उपमहानगरपालिका बनेपछि नयाँ संरचनाअनुसार सबै वडालाई समेट्नेगरी चक्रपथ बनाउने विषयमा छलफल चलेको केसीको भनाइ छ । उपभोक्ताको सहमति जुटाउन ९ जना कर्मचारी र ३ जना अमिनलाई ‘फिल्ड’ मा खटाइएको थियो । सहमतिका लागि सहजीकरण गर्न प्रत्येक वडामा राजनीतिक दलका प्रतिनिधि सम्मिलित एक समितिसमेत गठन गरिएको छ । तर, उपभोक्ताको सहमति हुने कुनै छाँट देखिएको छैन । उक्त चक्रपथको लम्बाइ झण्डै २८ किलोमिटर छ । चक्रपथले साविकको घोराही नगरपालिकाका ९ ओटा वडालाई एकआपसमा जोडेर नयाँ सडक सञ्जाल निर्माण गर्नेछ ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले चक्रपथ निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने आश्वासन दिए पनि उपभोक्ताबीच सहमति नजुटेकाले काम गर्न नसकिएको बताए । उनले नगरपालिका उपमहानगरपालिकामा रूपान्तरण भएर नयाँ क्षेत्र थपिए पनि चक्रपथ योजना भने निरन्तर अघि बढाइने जानकारी दिए । यो चक्रपथलाई उपमहानगरपालिकाको भित्री चक्रपथको रूपमा विकास गरिने सापकोटाले बताए । ठूला योजनाहरू सम्पन्न गर्न जग्गा व्यवस्थापनमा केही समस्या आउनु स्वाभाविक भए पनि जग्गा व्यवस्थापनपछि सहज रूपमा चक्रपथ बन्ने उनको भनाइ छ । अब उपमहानगरपालिकाले नयाँ संरचनाअनुसार बाहिरी चक्रपथको योजना अघि बढाएर सबै वडालाई समेट्ने सापकोटाले बताए । उपमहानगरको विकासका लागि सडक सञ्जाल महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ छ ।
अभियानबाट