मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत १८ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मध्यपश्चिम विकास क्षेत्रका ३ सय ३७ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिम क्षेत्रीय कार्यालयमा परेका छन् ।

चालू आवको १० महिनामा यस क्षेत्रका १५ जिल्लाबाट अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेत र सम्पर्क कार्यालय कोहलपुरमा उक्त सङ्ख्यामा उजुरी परेको क्षेत्रीय कार्यालय प्रमुख जङ्गबहादुर डाँगीले बताए ।

उनका अनुसार अख्तियारमा उजुरी परेकामध्ये १ सय ८८ मुद्दाको फछ्र्योट हुन बाँकी रहेको छ । सबैभन्दा बढी उजुरी शिक्षासम्बन्धी १ सय ४२ ओटा र सङ्घीय मामिला तथा स्थानीय विकासअन्तर्गतका ६९ ओटा रहेका छन् । कालिकोटबाट सबैभन्दा बढी उजुरी ७० ओटा र सबैभन्दा कम उजुरी डोल्पाबाट १३ ओटा परेका छन् ।

क्षेत्रीय कार्यालय सुर्खेतले रुकुममा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन’ सम्बन्धी विषयमा पत्रकारहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । गतवर्षको तुलनामा अख्तियारमा उजुरी कम परे पनि भ्रष्टाचार कम नभएको प्रमुख डाँगीले जानकारी दिए । विशेषगरी ग्रामीण क्षेत्रसम्म अख्तियारको पहुँच नहुनु र उजुरी गर्ने प्रक्रियाबारे थाहा नहुँदा उजुरी कम परेको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार चालू आवको १० महीनामा १३ लाख ६२ हजार २ सय ७६ रकम असुल गरिएको छ ।
अभियानबाट

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post