मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, चैत २१ / नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पुर्याएर ‘हाउस मेड’ (घरेलु कामदार) का रूपमा बेच्ने गरेको खुलेको छ। नेपाललले महिलालाई घरेलु कामदारका रूपमा साउदी जान जान प्रतिबन्ध लगाए पनि गिरोहले झुक्याएर कुवेत हुँदै त्यहाँ पुर्‍याउने गरेका छन्।

साउदीमा घरमा काम गर्ने महिलामाथि मालिकबाट शारीरिक, मानसिक र भौतिक यातना दिइने सार्वजनिक भएपछि केही वर्षअघि सरकारले नेपाली महिलालाई त्यहाँ पठाउन रोक लगाएको थियो। विभिन्न गिरोहले नेपाली महिलालाई कुवेतमा आकर्षक काम र दामको प्रलोभनमा पारेर त्यहाँ पुगेपछि साउदी पठाउने गरेको पीडितको भानइ छ। ‘मलाई कुवेतमा चिकित्सा क्षेत्रमा जागिर लगाइदिन्छु भनेर पहिला त्यहाँ पुर्याए।

 त्यसपछि यहाँ’, साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासको सेल्टरमा रहेकी एक महिलालले टेलिफोनमा भनिन्, ‘पछि थाहा पाएँ, कुवेत ल्याएपछि मलाई साउदीमा बेचिएको रहेछ।’ ती महिलालाई एक महिनाअघि उद्धार गरी दूतावासले दमामबाट उद्धार गरी आफ्नो सेल्टरमा ल्याएको हो। साउदीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माका अनुसार दूतावास सेल्टरका अहिले यस्ता १६ महिला छन्। उनीहरू सबैलाई उद्धार गरी ल्याइएको हो।

आकर्षक काम र दामको प्रलोभनमा कुवेत पुगेका  उनीहरूलाई पछि साउदीका विभिन्न घर मालिकलाई बेचिएको थियो। मालिकको यातना सहन नसकेर घरबाट भागेका उनीहरूलाई दूतावासले उद्धार गरी सेल्टरमा राखेको हो। सेल्टरमा आएका धेरैजसो यातनाका कारण मानसिक रूपमा विक्षिप्त छन्। ‘कुवेत हुँदै साउदी पुर्याएएका र वर्षैंदेखि यातना भोगिरहेका १६ महिलाको उद्धार गरी अहिले हाम्रो सेल्टरमा राखेका छौं। यी त हाम्रो सम्पर्कमा आएकामात्र हुन्। साउदी विभिन्न ठाउँमा यसरी कष्टकर जीवन बिताउन बाध्य नेपाली महिला कति छन्। यकिन संख्या छैन’, शर्माले भने। 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post