मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २१ । नेकपा एमालेका पोलिटव्युरो सदस्य भागवत विश्वासीले स्थानीय निकायको निर्वाचनमा एमालेको जनलहर देखेर नेपाली कांग्रेस अत्तालिएको बताउनुभएको छ । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडानम्वर १९ को वडा अधिवेशनलाई सम्बोधन गर्दै नेता विश्वासीले समृद्ध नयाँ नेपालको रेखा एमालेले नै कोरेका कारण एमालेप्रति जनलहर बढ्दै गएको बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका विश्वासीले राष्ट्रियताका पक्षमा एमालेले कुनै सम्झौता नगर्ने बताउनुभएको थियो । वडा संयोजक डिल्ली पुनको अध्यक्षतमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले महिला अधिकार र स्थानीय निकायको निर्वाचनमा जीतको सुनिश्चिताका लागि एमाले अघि बढिरहेको बताउनुभएको थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका ईञ्चार्ज देवराज विक, वडानम्वर १८ का संयोजक चित्रा धिताल, नेकपा एमालेका पूर्व जिल्ला सदस्य माया आचार्य, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वली, नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका सचिव माधव वली, नवप्रवेशी मैतुराम विश्वकर्मालगायतकाले बोल्नुभएको थियो ।

वडा अध्यक्षमा पोख्रेल 
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडानम्वर १९ को अध्यक्षमा सुमन पोख्रेल सर्वसहमतिमा चयन हुनुभएको छ । पोख्रेल मालिका कालिका प्रालिका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । उपाध्यक्षमा सोमराज गौतम, सचिवमा लेखनाथ खत्री, सहसचिवमा निमबहादुर बस्नेत रहनुभएको छ । त्यसैगरी दीपकसिंह परियारको अध्यक्षता ३१ सदस्यीय युवा संघ वाड कमिटी चयन गरिएको छ ।

जसको उपाध्यक्षमा खुमबहादुर बस्नेत, सचिवमा प्रेमबहादुर बस्नेत र उपसचिवमा वसन्तनाथ योगी रहनुभएको छ । कार्यक्रममा २०३६ सालदेखि नेपाली कांग्रेसमा क्रियाशील रहनुभएका मैतुराम विश्वकर्मा, तुलसीराम विश्वकर्मा सहित स्यालापानीका २६ जना नेकपा एमालेका प्रवेश गर्नुभएको थियो । शेरबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन डिल्ली भण्डारीले गर्नुभएको थियो । 

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post