दाङ, चैत २१ / दाङका दुई उपमहानगरपालिका र एउटा नगरपालिकामा उम्मेदवार बन्न प्रमुख तीन दलका केन्द्रीय नेतादेखि पूर्वसांसदसम्मको प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । घोराही र तुलसीपुर उपमहानगरपालिका तथा लमही नगरपालिकामा मेयर र उपमेयर बन्न प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रका केन्द्रीय तथा स्थानीयस्तरका नेताले आकांक्षा देखाएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
५ नम्बर प्रदेशको सम्भावित राजधानीका रूपमा लिइएको दाङका दुई उपमहानगर र नगरपालिकामा मेयरको टिकट पाउन दलका स्थानीय नेताहरूबीच चर्को प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अहिलेसम्म दलहरूका तर्फबाट उम्मेदवारको टुंगो नलागे पनि मेयर पदमा पुरुषकै नाम चर्चामा छ भने उपमेयरमा मात्र महिलाको नाम चर्चामा रहेको छ । अत्यधिक थारू बस्ती रहेको दाङका २ उपमहानगरपालिका र १ नगरपालिकामा थारू समुदायकै नेतृत्वलाई अघि सार्नुपर्ने बाध्यतामा दलहरू रहेका छन् ।
तथ्यांकमा दाङ
उपमहानगरपालिका २
नगरपालिका १
गाउँपालिका ७
महिला मतदाता १,४८,२३१
पुरुष मतदाता १,४३,७१०
कुल मतदाता २,९१,९४१
मतदानस्थल १५१
घोराही उपमहानगरमा आकांक्षीको लर्को
कांग्रेसमा आन्तरिक प्रतिस्पर्धा
घोराही उपमहानगरको मेयर बन्न सबैभन्दा बढी प्रतिस्पर्धा कांग्रेसभित्र देखिएको छ । यसअघि दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा विजयी हुन सफल कांग्रेसभित्र खासगरी खुमबहादुर खड्का र सिँचाइमन्त्री दीपक गिरी गुटको प्रभाव स्थानीय तह निर्वाचनको टिकटको प्रतिस्पर्धामा पनि देखिएको छ । स्थानीयदेखि जिल्लाको राजनीतिमा खड्का पक्ष बलियो भएकाले गिरी पक्ष बार्गेनिङमा जुटेको बताइन्छ । खड्का पक्ष घोराही उपमहानगरपालिकामा नेता भूपबहादुर केसीलाई जसरी पनि उम्मेदवार बनाउने भन्दै प्रचारप्रसारमा जुटेको छ भने गिरी पक्षले अर्जुन श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउन लबिङ गरिरहेको छ ।
यस्तै, द्वन्द्वकालीन समयमा पार्टी गतिविधि सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका कांग्रेस दाङका पूर्वजिल्ला सभापति वीरकेशरी गौतमले पनि घोराही उपमहानगरपालिकामा मेयरको टिकट पाउने चर्चा छ । यद्यपि, गौतम र केसी दुवै नेता खड्काको निकटस्थ भएकाले यी दुईको विवादका कारण अर्का नेता अर्जुन श्रेष्ठले टिकट पाउने सम्भावना बलियो रहेको बताइन्छ । उपमेयरका लागि घोराही उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट पुष्पा श्रेष्ठ, जानका केसी र सावित्रा राणाको नाम चर्चामा छ ।
दुई पोलिटब्युरो सदस्य माआवादीका आकांक्षी
माओवादी केन्द्रबाट घोराही उपमहानगरको मेयर बन्न जिल्ला इन्चार्ज जीवन गौतम र नेता निर्मल आचार्यबीच प्रतिस्पर्धा देखिएको छ । दुवै नेता माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् । घोराही नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका तर्फबाट भीमकुमारी बुढा, सुशीला शर्मा, दिलकुमारी बूढा र प्रतीज्ञा चौधरीको चर्चा छ । पहिलो संविधानसभा निर्वाचनमा जिल्लाको पाँचवटै सिट जितेको माओवादीले दोस्रो संविधानसभा निर्वाचनमा एउटै सिट जित्न सकेन । यसपालि स्थानीय तहको निर्वाचनमा पुरानो साख फर्काउने गरी उम्मेदवार दिइने माओवादी केन्द्रका एक नेताले बताए ।
एमाले आकांक्षी लबिङमा
०५४ सालको स्थानीय निर्वाचनमा घोराही नगरमा जित हासिल गरेको एमालेभित्र पनि मेयरको टिकट पाउन नेताहरूले लबिङ तीव्र पारेका छन् । घोराही उपमहानगरको मेयरको उम्मेदवार बन्न एमालेभित्र पूर्वसभासद शान्ता चौधरी, पूर्वजिल्ला अध्यक्ष नरुलाल चौधरी र पूर्वमेयर अमर डाँगी प्रतिस्पर्धामा छन् । शान्ता पहिलो संविधानसभामा एमालेका तर्फबाट समानुपातिक सभासद् थिइन् भने दोस्रोमा प्रत्यक्षमा पराजित भएकी थिइन् ।
घोराही नगरपालिकामा थारू समुदायको बस्ती बढी भएको र महिला पनि भएकाले उनले टिकट पाए जित्न सक्ने आँकलन रहेको एमालेका एक नेताले बताए । स्थानीयस्तरमा लोकप्रिय डाँगी पूर्वमेयर हुन् । रोल्पाबाट घोराही झरेका डाँगी पार्टी नेताभन्दा सामाजिक कार्यकर्ताका रूपमा चिनिन्छन् । एमालेका तर्फबाट उपमेयरका लागि घोराही नगरपालिकामा सीता न्यौपाने, हीरा पुन र आश्मा चौधरीको नाम चर्चामा छ ।
घोराही उपमहानगरपालिका
-मतदाता संख्या ७८,६४७
-मतदानस्थल ३९
तुलसीपुर उपमहानगरमा तीनपक्षीय भिडन्त
कांग्रेसमा गुटको प्रभाव बढ्दो
तुलसीपुर उपमहानगरपालिकाको भावी मेयरका लागि ठूला तीन दलभित्र तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसबाट तलसीपुरको मेयर पदको उम्मेदवार बन्न पूर्वसांसद गेहेन्द्र गिरी, शंकर गिरी, पूर्वक्षेत्रीय सभापति जगतबहादुर खड्का र वर्तमान सभापति कीर्तिबहादुर खड्का आकांक्षी देखिएका छन् । गेहेन्द्र र सिँचाइमन्त्री दीपक गिरी नाताले काका भतिजा भए पनि उनीहरूबीचको चरम गुटबन्दी जिल्लामा हुने ससाना निर्वाचनमा समेत देखिँदै आएको छ । गेहेन्द्र खुमबहादुर खड्का निकटस्थ मानिन्छन् । गेहेन्द्र र दीपकबीचको तिक्तताले खानेपानी, विद्यालय व्यवस्थापन समितिजस्ता ठाउँमा भएका स्थानीय निर्वाचनमा समेत एकले अर्को समूहलाई हराउँदै आएका छन् ।
तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट उपमेयरमा सुरेश हमाल, तेजबहादुर कार्की, किरण शाह, देवका नेपाली, सुष्मा गिरी, सुशीला सुवेदी, कमला सापकोटा, पवित्रा धिताल, देवा डाँगी र चित्रा गिरी गरी आधा दर्जनभन्दा बढीको नाम चर्चामा रहेको छ ।
माओवादीका चार आकांक्षी
माओवादी केन्द्रमा पनि मेयरका लागि चारजना नै आकांक्षी देखिएका छन् । मिलन चौधरी, गिरिराज केसी, भीषण चौधरी र रामबहादुर दहितको नाम चर्चामा छ । आन्तरिक छलफलमै रहेकाले अहिलेसम्म उम्मेदवारको टुंगो नलागेको माओवादी केन्द्रका नेताको भनाइ छ । माओवादी अहिले नगर र वडाका सम्मेलनमा व्यस्त छ । केही दिनभित्रै सर्वसम्मत रूपमा मेयर र उपमेयरको उम्मेदवार चयन गरिने माओवादी केन्द्रका जिल्ला नेताले बताएका छन् । उपमेयरमा सुशीला न्यौपाने, अनिता खड्का र शान्ति महतोको नाम चर्चामा छ ।
एमालेमा पनि चार आकांक्षी
एमालेभित्र तुलसीपुर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्न सामुदायिक वन उपभोक्ता महासंघका पूर्वअध्यक्ष घनश्याम पाण्डे, जिल्ला पार्टी सचिव हिराचन्द्र केसी, सदस्य कृष्ण भुुसाल र नवराज लामिछाने प्रतिस्पर्धामा छन् । पाण्डे सोही नगरमा ०५४ सालको निर्वाचनमा उपमेयरमा निर्वाचित भएका थिए भने केसी युवा संघको केन्द्रीय सदस्य हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । पाण्डे एमाले उपाध्यक्ष वामदेव गौतम र केसी स्थायी समिति सदस्य शंकर पोखरेलनिकट मानिन्छन् । यस्तै, उपमेयरमा माया आचार्य, तारा देवकोटा, भगवती बस्याल र रेखा शर्मा विकको नाम चर्चामा छ ।
तुलसीपुर उपमहानगरपालिका
-मतदाता संख्या ७६,४७५
-मतदानस्थल ३३