मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

चुन ढुङ्गा उत्खनन् नहुँदै प्रभाव देखियो.


गोकर्ण पौडेल, 
दाङ, चैत २६ । दाङ जिल्ला उसो त मरुभूमिकरणतर्फ अघि बढ्दैछ । त्यसमा पनि पछिल्लो समयमा दाङका महाभारत पहाडबाट धमाधम चुन ढुङ्गा निकाल्ने प्रक्रिया अघि नबढाउँदै समस्या देखिन थालेको छ । दाङको उत्तरतर्फ रहेका बबई गाउँपालिका र सल्यानको साविक काभ्रा गाविसको तिते लेक हुँदै बगंलाचुली गाउँपालिकाको तापालगायतका क्षेत्रमा जिल्लामा सञ्चालनमा आएका र आउनका लागि प्रक्रिया अघि बढाएका सिमेन्ट उद्योगहरुले उत्खनन् कार्यको सुरु नहुँदै  पानीका मुहानहरु सुक्ने समस्या देखिन थालेको छ ।

केही वर्ष अघि तुलसीपुर उपमहानगरपालिका–१९ नम्वर वडाको छिल्लीकोटका गोगने पानीमा रहेको मुहान पुरिएको छ । स्थानमा पानी आउने मुहान हाल सुकेको छ । सोनापुर सिमेन्ट कारखानाका लागि चुन ढुङ्गा उत्खनन्का लागि सडक खन्ने क्रममा माटोका कारण हाल सो स्थानमा रहेको मुहान पुरिएको छ ।

फाइल तस्बीर हे (४ वर्ष अघिको मुहान बचाउनका लगि स्थानीयहरु काम गर्दै) । सडक निर्माण कम्पनी र सोनापुर सिमेन्ट कारखाना सञ्चालकहरुलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई हुन नसकेको स्थानीय नरबहादुर पुन बताउनुभयो । मुहानको पानी तुलसीपुर उपमहानगपालिका वडानम्वर–१९ छिल्लीकोटको तल्लाकोट टोल बस्तीमा पानी वितरण हँुदै आएको थियो । मुहान संरक्षण गर्नका लागि पटक–पटक मौखिकरुपमा मात्र आश्वासन दिने गरेको समते पुनले बताउनुभयो । सडक खन्ने क्रममा ढुङ्गा र माटोले पाइप फुट्ने गरेको समेत स्थानीय पुनले बताउनुभयो । तल्लाकोट टोलमा करिव ७१ घरधुरी रहेको समेत पुनले बताउनुभयो । मुहान संरक्षणका लागि कुनै निकायबाट समाधान हुन नसक्दा समस्या उत्पन्न भएको बताउनुभयो ।

यता खानेपानी संरक्षण र वितरणमा लागिरहेका खानी पानीका अभियन्ताहरु कुनै पनि हालतमा महाभारत पहाडबाट अव्यवस्थित उत्खनन् बन्द गरिने चेतावनी दिँदै आएका छन् । हाल प्रत्यक्षरुपमा असर देखिएको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरससफाई संस्थाका अध्यक्ष प्रदिप गौतमले सडक खन्ने क्रममा निर्माण कम्पनी र जिम्मेवार निकायबाट सहीरुपमा अनुगमन हुन नसक्दा मुहान पुरिदै गएको बताउनुभयो । सडक खन्ने क्रममा नै प्रत्यक्ष असर देखिएको हुँदा चुन ढुङ्गा उत्खनन्का क्रममा बेलझुण्डी खानेपानीसहित मध्य दाङअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको वडानम्वर १९, १८ को केही भाग, १४, १५, १६ र १७ वडाहरुमा सिचाई गर्दै आएको  जमिन समेत मरुभूमि हुने बताउनुभयो ।

सम्बन्धित निकायबाट सडक निर्माण र चुनढुङ्गा उत्खनन् कार्य वातावरणीय प्रभाव मूल्याङ्कन रिपोट अनुसार नगर्दा समस्या देखिएको बताउनुभयो । पहिलो चरणमा वार्ता र संवादबाट समस्या समाधानका लागि अघि बढेको समेत बताउनुभयो । अब दाङ बचाउनको खानी विभागबाट जिल्लाको वस्तुस्थिति बुझेर मात्र सिमेन्ट उद्योगहरुलाई चुन ढुङ्गा उत्दनन्को लागि इजाजत पत्र दिनुपर्ने बताउनुभयो । जिल्लामा सिमेन्ट कारखानाका कारण प्रत्यक्षरुपमा समस्या देखिएको बेलझुण्डी खानेपानी तथा सरसफाई संस्था हो ।

हाल संस्थाले तुलसीपुर उपमहानगपालिकाको वडानम्वर १६, १७, १८ र १९ नम्वर वडामा पानी वितरण गर्दै आएको छ । गतवर्ष सडक खन्ने क्रममा १९ नम्वर वडा र रोल्पाको साविक डुब्रिङ गाविसको गोदे, रिचे मुहानमा माटोले पुरिएका थिए, भने खानेपानीको करिव १ करोड ४७ लाखका लागतमा केही वर्षअघि निर्माण गरिएको पानी शुद्धिकरण ट्याङ्कीमा समेत समस्या देखिदा यसैवर्ष पुन रकम खर्चिएर सञ्चालनमा ल्याएको थियो ।

उता खानेपानीका अर्का अभियन्ता तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीले सिमेन्ट कारखानाहरुले सम्झौताअनुरुप काम नगर्दा समस्या देखिएको बताउनुभयो । खानेपानी सञ्जाल दाङका अध्यक्ष समेत रहेका वलीले हाल संकेतका रुपमा बिरोध गर्दै आएको  सम्बन्धित निकायले खासै चासो नदेखाएकाले जनताहरुलाई मुहानस्थलमै पु¥याएर आन्दोलन थालिने बताउनुभयो ।

साथै तुलसीपुर खानेपानीलाई प्रत्यक्षरुपमा प्रभावपर्ने स्थल राम्रीमा समेत उत्खनन्का लागि विभिन्न व्यक्तिहरुको चलखेल बढेकाले कुनै पनि हालतमा त्यस क्षेत्रको चुनढुङ्गा उत्खनन् गर्न नदिने बताउनुभयो । हाल संस्थाले बहुउद्देश्यीय हाइड्याम निर्माण प्रक्रिया अघि बढाएकाले यस कार्यलाई समेत त्यस क्षेत्रमा चुनढुङ्गा निकाल्दा तुलसीपुर क्षेत्रका बासिन्दा काकाकुल बन्ने भएकाले कुनै पनि चलखेललाई निस्तेज पार्नका लागि उपभोक्ताहरुले दवावस्वरुप सडकमै आउने बताउनुभयो ।

उता खानेपानीकै क्षेत्रमा दुई दशक बिताउनुभएका घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसीले जिल्लामा खानेपानीका मुहान बचाउनका लागि जथाभावी चुनढुङ्गा उत्खनन्, खोलामा गिट्टी बालुवा उत्खनन् र वनजंगल बचाउनुपर्ने आवश्य रहेको बताउनुभयो । सरकारले स्थानीय उपभोक्ताका आवश्यकताहरुलाई नबुझी जथाभावीरुपमा चुनढुङ्गा उत्खनन्का लागि इजाजत पत्र दिनु र पत्र प्रदायक निकायबाट समेत सम्झौता विपरित काम गर्नाले समस्या देखिएको बताउनुभयो । खानेपानी जस्तो क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कनको आवश्यकता पर्ने तर प्रत्यक्षरुपमा खानेपानी र त्यस क्षेत्रको वातावरणलाई समस्या पार्ने सिमेन्ट उद्योग सञ्चालन  र चुनढुङ्गा उत्खनन् कार्यमा वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्टलाई नै प्रभावित पारेर काम गर्नु खोज्नुनै मुख्य समस्या भएको बताउनुभयो ।

सरकारी निकायबाट अनुगमन हुनुपर्ने  र जनताहरुलाई प्रत्यक्षरुपमा प्रभाव पर्ने  पानीजस्तो संवेदनशील क्षेत्रमा समेत राजनीतिकदलहरुले उदासिनता देखाउनु दुःखद् पक्ष भएको डिसीले प्रतिक्रिया दिनुभयो । उता पश्चिम दाङमा समेत दाङ सिमेन्ट प्रालिले काम अघि बढाएपछि स्थानीयहरुले विरोध जनाएका छन् । सिमेन्ट उद्योग प्रभावित क्षेत्र संघर्ष समितिका संयोजक भीम भुसालले बबई गाउँपालिका र सल्यानको साविक काभ्रा गाविसमा पर्ने तिते लेकबाट चुनढुङ्गा झिक्दा त्यहाँ रहेका बबई गाउँपालिका र शान्तिनगर गाउँपालिका स्थानीय सिचाई र खानेपानीका उपभोक्ताहरुलाई प्रत्यक्षरुपमा प्रभावित हुने बताउनुभयो ।

यता  सोनापुर सिमेन्ट प्रालिका महानिर्देशक हरि पाठकले खानेपानीका मुहानलाई प्रभाव नहुने गरी काम गरिरहेको प्रतिक्रिया दिनुभएको छ । केही दिन अघि खानेपानी संस्था, यहाँका राजनीतिक दलहरुले ज्ञापनपत्र बुझाउन गएका क्रममा हाल उत्खखन् गर्ने भनिएको क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कनकै प्रतिवेदनअनुसार काम गर्ने  र मुहानलाई प्रभाव नपार्ने बताएका थिए ।

यसैबीच बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई  संस्था , यस क्षेत्रका राजनीतिक दल, सञ्चारकर्मीको टोलीले मुहान प्रभावित क्षेत्रको केही दिन अघि  अनुगमन गरेको छ । अनुगमनका क्रममा सडक खन्नेक्रममा सजकता अपनाउन नसक्दा मुहानमा माटो खसेको  पाइएको थियो । साथै  कतिपय स्थानका मुहान समेत पुरिएका छन् । अनुगमनमा संस्थाका अध्यक्ष प्रदीप गौतम, कोषाध्यक्ष बसन्त थापा,सदस्य इन्द्रबहादुर बस्नेत  नेपाली काग्रेस साविक बिजौरी गाऊ इकाई सभापति हिमबहादुर डाँगी, नेकपा एमाले तुलसीपुुर उपमहानगर कमिटी सचिव माधव वली,एमालकै लोकबहादुर वली,  नेपाल कम्युनिष्ट पाटी बिजौरीका इन्चार्ज कृष्ण केसी, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सभइन्जिनियर इन्द्रबहादुर बस्नेत, साक्षी खबर साप्ताहिकका सम्पादक ÷प्रकाशक राकेश बस्नेत , गोरक्ष राष्टिूय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल, सोनापुर सिमेन्ट प्रालिका रेमन्त ढकाललगायतको टोलीले अनुगमन गरेको थियो ।  

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post