देविराम कुसारी,
गोल्टाकुरी, चैत २६ । नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही र नागरिक आवाज ललितपुरको साझेदारीमा सञ्चालित परिवर्तनका सम्वाहक शान्ति र पुनर्मिलाप कार्यक्रमअन्तर्गत साविक लक्ष्मीपुरमा गाविसमा सम्पन्न भएको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीका अध्यक्ष विमला योगीको अध्यक्षता तथा स्थानीय शान्ति समिति लक्ष्मीपुरका संयोजक दामोदर शर्माको प्रमुख आतिथ्यतामा भएको आभिमुखीकरण गोष्ठीमा सहभागी भएका द्वन्द्वपीडित तथा अन्य सहभागीले पछिल्लो समयमा कार्यक्रमको औचित्य अझ बढी भएको बताएका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै संस्थाका अध्यक्ष योगीले द्वन्द्वको समयमा संस्थाले महिलालाई गरेको सहयोगका बारेमा जानकारी दिनुभएको थियो । महिलाको समग्र विकास र अधिकारका लागि वकालत गर्दै आएको संस्थाले बिपन्न समुदाय तथा द्वन्द्वपीडित नानीहरुलाई निःशुल्क शिक्षा दिइरहेको समेत जानकारी गराउनुभएको थियो ।
संस्थाका कार्यकारी निर्देशक शारदा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संयोजक दामोदर शर्मा, प्रहरी पोष्ट प्रमुख दिलबहादुर विक, संक्रमणकालिन न्याय मञ्चका विनोद शर्मा, क्रान्तिकारी माओवादीका नरेन्द्र बञ्जाडे, समाजसेवी निर्मल शर्मालगायतले बोल्नुभएको थियो । कार्यक्रममा संस्थाका जिल्ला कार्यक्रम संयोजक बसन्त पोख्रेलले विषयबस्तु माथि प्रकास पार्नुभएको थियो ।