दाङ, चैत २५ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले कुनै पनि हालतमा बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले दङ्गीशरण गाउँपालिकाले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता पोख्रेलले सरकारले निर्धारित मितिमा चुनाव गराउन नसके सरकारको औचित्य समेत सिद्धिने बताउनुभयो ।
देश निर्वाचनमय भएको अवस्थामा कसैले पनि खुट्टा कमाउन नहुने भन्दै पोख्रेलले सबैलाई निर्वाचनको तयारीमा जुट्न आग्रह समेत गर्नुभयो । मधेसका जनताहरु निर्वाचनको पक्षमा रहेको भन्दै उहाँले निर्वाचनलाई अन्यौलको वातावण बनाउन नहुने र सरकारले पनि खुट्टा कमाउन नहुने धारणा राख्नुभयो । असन्तुष्टहरुको मागलाई सकेसम्म सरकारले सम्बोधन गर्नुपर्ने तर राष्ट्रलाई वर्वादीमा लैजाने खालको सहमतिमा भने एमालेले हेरेर नबस्ने चेताबनी बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका पोख्रेलले निर्वाचनको मिति घोषणा गर्दा एकै पटकमा स्थानीय तहको निर्वाचन गर्ने भनिएको भन्दै पटक–पटक निर्वाचन गरेर सरकार भाग्न नहुने बताउनुभयो । नेकपा एमाले दंगीशरण गाउँपालिकाका संयोजक तथा पार्टीका सचिवालय सदस्य उत्तरकुमार ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथि अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव तथा एमाले नेतृ सुजिता शाक्यले देशब्यापीरुपमा एमालेप्रति जनलहर देखिएको भन्दै अबको तीनवटै निर्वाचनबाट एमाले पहिलोशक्ति बन्ने दाबी गर्नुभयो ।