मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

हापुरे, चैत २४ । नेकपा एमाले बबई गाउँपालिका कमिटीले सल्लाहकार कमिटी गठन गरेको छ । गाउँपालिका संयोजक चुर्णबहादुर वलीको अध्यक्षतामा सम्पन्न बैठकले तिलक क्षेत्रीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार कमिटी गठन गरेको छ ।

त्यसैगरी बैठकले सहसंयोजक डिलबहादुर पुनको संयोजकत्वमा ७ सदस्यीय आर्थिक विभाग कमिटी गठन गरेको छ । टंक विश्वकर्माको संयोजकत्वमा ५ सय १ सदस्यीय  स्थानीय तह निर्वाचन प्रचार प्रसार कमिटी गठन गरेको छ । उता नेकपा एमाले बबई गाउँपालिका वडानम्वर ४ को भेला सम्पन्न भएको छ । गाउँपालिकाका संयोजक चुर्णबहादुर वलीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो  ।

भेलाले टीकाराम खत्रीको संयोजकत्वमा ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा रणबहादुर खत्री, सचिवमा टेकेन्द्र अधिकारी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा लोकबहादुर डाँगी, मञ्जु मास्की, निमा केसी, शान्ता विक, तुलसीराम आचार्य, खिमबहादुर रोकालगायतका रहनुभएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post