मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

तुलसीपुर, चैत २४ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा विभिन्न राजनैतिक दलका नेताहरुको टिकटका लागि दौडधुप तीब्र छ । करिव दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा तीन पुस्ताका व्यक्तिहरु आकांक्षीमा रुपमा देखिएका छन् ।

राजनैतिक दलहरु उम्मेदवारको सिफारिस गर्न व्यस्त छन्, भने सहरदेखि गाउँ÷घरमा पनि क–कसले टिकट पाउँछन् भन्ने चर्चा बढ्न थालेको छ । यसैक्रममा केन्द्रीकृत राज्यको विकेन्द्रीकरणको माग गर्दै आएको राष्ट्रिय जनमोर्चाले दाङका सबै तहमा उम्मेदवारको सिफारिस गरेको जनाएको छ । जिल्लाका ७ वटा गाउँपालिकामा अध्यक्षसहित सदस्य तथा दुई उपमहानगर पालिका र एक नगरपालिकामा प्रमुख तथा उपप्रमुखसहित सदस्यको नाम केन्द्रमा सिफारिस गरेको जिल्ला सचिव गणेश आचार्यले जानकारी दिनुभयो ।

सिफारिस गर्दा एउटै पदमा तीन जनाको नाम राखिएको सचिव आचार्यले बताउनु भयो । गाउँपालिका, नगरपालिका र उप महानगरपालिकाका पदाधिकारीको टुङ्गो केन्द्रले तथा वडा अध्यक्ष र सदस्यहरुको टुङ्गो जिल्ला कमिटीले लगाउने उहाँले जानकारी दिनुसभयो । सिफारिस भएका नाम छनोट भएर आएपछि उम्मेदवारको घोषणा गरिने सचिव आचार्यले जानकारी दिनुभयो ।

राष्ट्रिय जनमोर्चाले तुलसीपुर र घोराही उपमहानगरपालिका तथा लमही नगरपालिकाको मेयर र उपमेयरमा तीन÷तीनजनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएका नाम भने सार्वजनिक गरिएको छैन । सुरुवाती चरणदेखि नै संघीयताको बिरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले देश संघीयतामा गए अर्थतन्त्रले थेग्न नसक्ने बताउँदै आएको छ । तर, संघीयता र बिकेन्द्रीत करणमा फरक रहेकाले जनताको माग र देशको आवश्यकताका आधारमा विकेन्द्रीकरण हुनुपर्नेमा उसले अडान लिँदै आएको छ ।

बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचन बिकेन्द्रीकरणको अभ्यास भएको र यसले केन्द्रमा रहेको अधिकार स्थानीय तहसम्म ल्याउने राजमोको ठहर छ । छुट्टा–छुट्टै प्रदेश नभई नेपाल एकात्मक नै हुनुपर्ने । तर, केन्द्र सरकारसँग रहेको अधिकार स्थानीय तहसम्म विकेन्द्रीकरण गर्नुपर्ने आफूहरुको पहिलेदेखिको माग पुरा हुने चरणमा रहे पनि देश संघीयतामा त्यो राष्ट्रियताका लागि घातक हुने राष्ट्रिय जनमोर्चाले बताएको छ ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post