एजेन्सी, बैशाख १२ । बेहुला बेहुली जग्गेमा बसिसकेपछि पनि केही विवाद निस्किएर बिहे नै रद्द भएका घटना कहिलेकाहीँ सुनिन्छन् । यसरी बिहे रद्द गराउने घटना मामूली भने हुँदैनन् र कारण पनि ठूलै हुन्छन् । तर छिमेकी देश भारतमा चाहीँ एउटा रसगुल्लाको विवादमा भैरहेको बिहे नै रद्द भएको छ ।
घटना भारत उत्तर प्रदेशको हो । एउटा अतिरिक्त रसगुल्लाको विवादमा बेहुला र बेहुली पक्षबीच झगडा हुँदा बिहे नै रद्द भएको हो । घटना गत अपि्रल १४ गतेको हो । उन्नाओ जिल्लास्थित कुर्मापुर गाउँका शिव कुमारको छिमेकी गाउँकी एक युवतीसँग बिहे हुँदै थियो । शिव कुमार जन्ती सहित बेहुलीको घर पुगिसकेका थिए । तर जब जन्तीले खाना खाने बेला भयो तब स्थिति असामान्य बन्यो ।
सबै जन्तीलाई एक एक वटा गुलियो रसगुल्ला खुवाउनका लागि बेहुलीपक्षका एक जना भान्छे खटिए । तर बेहुलाका भतिजले एउटा मात्र नभै दुईवटा रसगुल्ला लिए । यसरी नियम विपरित दुईवटा रसगुल्ला खाएकेा विषयमा रसगुल्लाको जिम्मा लिने व्यक्ति र जन्ती पक्षबीच भनाभन भयो र यसले ठूलो विवादको रुप लियो ।
तत्काले उक्त ठाउँ लडाइँ मैदानमा परिणत भयो । जन्तीतर्फका मानिसहरुले दुलही पक्षका नातेदारलाई कुटपिट गर्न थाले । बेहुला र बेहुली दुबैका बावुहरुले घटना साम्य पार्ने कोसिस गरे तर उनीहरुको केही लागेन । जन्तीहरुले बेहुलीका बाबुलाई पनि कुटपिट गरे ।
रसगुल्लाको विवादमा भएको लडाइँले उग्र रुप लिएपछि घटनालाई नियन्त्रणमा लिनका लागि पुलिसलाई नै बोलाउनु पर्यो । विवादलाई साम्य पारेर बिहेलाई पुनः अघि बढाउन पञ्चायत पनि बस्यो । तर पञ्चायतले कुरा मिलाउन सकेन । जन्तीले आफ्नो बुवालाई कुटेको घटनाबाट बेहुली आक्रोसित भइन् र आफुले बिहे नगर्ने घोषणा गरिन् । उनीसँग दुबै पक्षले अनुरोध गरेपनि उनी बिहेका लागि राजी भइनन् । अन्ततः बिहे नै रद्द गर्नुपर्यो ।