काठमाडौं, बैशाख १२/ निर्वाचन आयोगले वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनको कार्यतालिका हेरफेर गर्दै उम्मेदवारी मनोनयनलाई तीन दिन पर सारेको छ। त्यस्तै जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचन कार्यतालिका पनि आयोगले सार्वजनिक गरेको छ। सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको भोलिपल्ट सोमबार आयोगले यसअघि सार्वजनिक कार्यतालिकामा हेरफेर गर्दै दोस्रो चरणको निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको हो।
मन्त्रिपरिषद्ले आइतबार आन्दोलनरत मधेसी दलसँग भएको सहमतिअनुसार वैशाख ३१ र जेठ ३१ गते दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेपछि आयोगले पनि नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। पहिलो चरणमा प्रदेश ३, ४ र ६ तथा दोस्रो चरणमा प्रदेश १, २, ५ र ७ मा निर्वाचन हुनेछ। पहिलो चरणमा ३४ जिल्लाका २९३ स्थानीय तहमा र दोस्रो चरणमा ४१ जिल्लाका ४ सय ५१ वटा स्थानीय तहमा निर्वाचन हुनेछ। दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा सरकारले स्थानीय तह थप्ने तयारी गरेको छ।
पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता १६ गतेबाट सारेर १९ गते पुर्याइएको छ। सोही दिन उम्मेदवारको सूची सार्वजनिक गरिनेछ। २२ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको निर्वाचनका लागि जेठ १९ गते उम्मेदवारको मोनयनपत्र दर्ता र २२ गते निर्वाचन चिह्न प्रदान गरिने बताए।