काठमाडौँ, चैत २७ । कांग्रेस सभापति शेरबहादुर देउवाले दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन् । स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयार गर्न सुझाब लिन डाकिएको केन्द्रीय समिति र संसदीय दलको बैठकमा सभापति देउवाले मधेसी दल निर्वाचनमा आउँछन् भने दुई चरणमा भए पनि स्थानीय तहको चुनाव गर्न सकिने भनाइ राखेका हुन्, नयाँ पत्रिकाम खबर छ ।
‘मधेसी मोर्चामा आबद्ध दलहरू निर्वाचनमा आउँछन् भन्नेमा अझै सुनिश्चित भइसकेको छैन । तर, पनि निर्वाचन नगर्ने छुट हामीलाई छैन,’ देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, ‘निर्वाचन गर्ने सर्तमा संविधान संशोधन गर्ने र लचक भएर निर्वाचनमा जान सकिन्छ । संशोधन गरेर, निर्वाचन गर्ने सर्तमा अन्य विषयमा पनि अत्यन्त लचकसाथ मोर्चा, एमालेसँग सहमति कायम गरेर अघि बढ्नुपर्छ । मधेसकेन्द्रित दलहरू आउँछन् भने दुई चरणमा चुनाव गर्न सकिन्छ ।’ यसअघि प्रम प्रचण्डले पनि दुई चरणमा स्थानीय तहको निर्वाचन गर्नु पर्ने प्रस्ताव गरेका थिए ।