शंकर केसी,
सल्यान, चैत २७ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले नयाँ वर्ष २०७४ सालको अवसर पारेर शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । भोलि २८ गते सोमबार सदरमुकाम खलंगामा ‘पत्रकारिता क्षेत्रको विकासका लागी सरोकारवालाको भुमिका’ विषयक अन्तर्क्रिया र शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको अध्यक्ष प्रतिक इच्छुक शर्माले जानकारी दिनुभयो ।
जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, सरकारी तथा गैर सरकारी संघसंस्था, कार्यालय, पत्रकार, सञ्चारकर्मीलगायतसँग अन्तर्क्रिया र शुभकामना आदानप्रदान गरिने शर्माले जानकारी दिनुभयो । आज बिहान ११ वजेपछि पत्रकार महासंघ सल्यानको भवनमा कार्यक्रम सुरु हुने जनाइएको छ । साथै शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित भई दिन महासंघ सल्यानले सम्पूर्ण कार्यसमितिका पदाधिकारी, केन्द्रीय तथा प्रदेश पार्षदहरु, जिल्लास्थित सम्पूर्ण सञ्चार माध्यमहरुलाई अनुरोध समेत गरेको छ ।