मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

कञ्चनपुर, चैत २० । गएराती परेको असिना पानीका कारण डोटी जिल्लाको पूर्वी चौकी गाँउपालिका–४ सानागाउँका ८०० घरधुरीका कृषकले लगाएको गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति पुगेको छ ।

असिना पानीका कारण गहुँबालीमा ८० प्रतिशत बढी क्षति पुगेको कृषि सेवा केन्द्र सानागाउँका प्रमुख मनी नाथले बताउनुभयो । “असिना पानीले तरकारी बालीमा ९० प्रतिशत र सुन्तला र कागतीमा ६० प्रतिशत क्षति पु¥याएको छ” उहाँले भन्नुभयो । वर्षभरि खानका लागि लगाइएको गहुँबालीमा क्षति पुगेपछि यहाँका बासिन्दामा भोकमरीको सम्भावना बढेको उहाँले बताउनुभयो ।

असिना पानीले गर्दा तरकारी र फलफूल खेतमा क्षति पुगेपछि कमाइको स्रोतमा समेत असर परेको उहाँको भनाइ रहेको छ । साना गाउँ नजिकका क्षेत्रमा समेत असिना पानीले क्षति पु¥याए पनि क्षतिको विस्तृत विवरण सङ्कलनको कार्य भइरहेको छ । असिना पानी राति करिब एक घनटासम्म परेको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post