मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, चैत २०। काठमाडौं मरुहीटीको एउटा सुन पसललाई प्रहरीलेनै लुटेको तथ्य खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाले यस्तो तथ्य खोलेको हो ।

साधारण पोसाकमै प्रहरीको वाकीट्वाकी, हत्कडी र पेस्तो समेत बोके गएका प्रहरीका जवानहरूले सुन पसल लुटेका हुन् ।  काठमाडौं महानगरपालिका १९ का प्रेम रत्न शाक्यको घरमा सुन पसल चलाई रहेका भारतीय नागरिक शीव माइती लुटिएका हुन् । उनले शाक्यको पाँच तले घरको पाहिलो तलामा सुन पसल चलाइरहेका थिए ।

आफ्नो पसलभित्र छिरेका प्रहरीहरुले आफूहरु प्रहरी भएको र तस्करीको सुन बेतेको आरोप लगाउँदै सुन लुटेर लगेको उनले बताए । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत प्रहरी हवल्दार बलबहादुर थापा, जवानहरु ज्नक ढकाल, अमित गुरुङ सहितका ६ जना लुटेराले सुन लुटेका हुन् ।

५० तोला सुन लुटेका उनीहरु प्रहरीकै रवाफ देखाएर बाहिरिएका थिए । महानगरीय अपराध महाशाखाका अनुसार अमित पक्राउ परिसकेका छन् भने बाँकीको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य लुटेरालाई पनि पक्राउ गरिसकिएको एसएसपी दिनेश अमात्यले जानकारी दिए । अमात्यका अनुसार उनीहरुले २८ लाख बराबरको सुन लुटेका थिए । अमात्यले दिउँसो पत्रकार सम्मेलन गरेर यसबारे सम्पूर्ण जानकारी गराउने बताएका छन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post