काठमाडौं, चैत २० । पानीसँगै परेको चट्याङबाट तीनजनाको मृत्यु भएको छ । चट्याङबाट सिन्धुपाल्चोक, कास्की र मकवानपुरमा १÷१ जना गरी ३ जनाको मृत्यु भएको हो ।
पानीसँगै आएको चट्याङबाट सिन्धुलीको जुगल गाउँपालिका–७ निवासी ४६ वर्षीया सानुकान्छी तामाङको मृत्यु भएको हो । त्यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित छुन्द्रुङमा शनिबार साँझ परेको चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।
घाँस बोकेर घर फर्कदै गर्दा बाटोमा चट्याङ लाग्दा १४ वर्षीय बहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । त्यस्तै मकवानपुर गढी गाउँपालिका–७ बस्ने २३ वर्षको जीतबहादुर स्यान्ताङ लामालाई शनिबार राति ११ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त चट्याङको प्रभावले मृतकको तीन जना परिवार सामान्य घाइते भएको र उनीहरू हेटौँडा अस्पतालमा उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ ।