मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

शरद रेग्मी, 
तुलसीपुर, बैशाख १३ । तुलसीपुरको मुख्य व्यापारिक केन्द्र विरेन्द्र चोक संरक्षणको पर्खाइमा रहेको छ । पूर्व राजा स्वर्गीय राजा विरेन्द्र विरविक्रम  शाहको शालिक रहेको उक्त चोक अहिले अलपत्र अवस्थामा रहेको छ ।
यसको संरक्षण गर्न सम्बन्धित तुलसीपुर उपमहानगरपालिकाले चासो नदिएपछि व्यवसायीहरुको साझा संस्था तुलसीपुर उद्योग वाणिज्य संघले त्यसको संरक्षण र मर्मत गर्न तयार रहेको बताएको छ । ‘त्यसले तुलसीपुरको सौन्दर्यतामा असर गरेको छ । सम्बन्धित निकायबाट अनुमति पाए आफूहरुले यसको संरक्षण गर्न तयार छौं’, संघका अध्यक्ष विमल रिजालले भन्नुभयो ।

यता तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी टोपेन्द्र केसीले आफू यस बारेमा गम्भीर रहेको भन्दै यसको संरक्षण गर्न लागि पर्ने प्रतिक्रिया दिनुभएको छ । उहाँले यस बारे पटक–पटक राजनीतिक दलहरुसँग आफूले परामर्श गरेको भन्दै फेरि पनि दलहरुको सहमतिमा विरेन्द्र चोकको संरक्षण गरिने बताउनुभयो ।

यता पूर्व माननीय देवबहादुर केसीले विरेन्द्र चोकको तत्काल संरक्षण हुनुपर्ने बताउनुभएको छ । मंगलबार पत्रकार शरद रेग्मीसँग कुरा गर्दै उहाँले तुलसीपुरको विरेन्द्र चोकले संसारभर पहिचान स्थापित गर्न सफल भएको बताउनुभएको छ । उहाँले त्यस ऐतिहासिक पृष्टभूमि बोकेको स्थानको सबै मिलेर संरक्षण गर्नुपर्ने समेत प्रतिक्रिया दिनुभएको छ ।

तत्कालिन माओवादीले ०६२÷०६३ को आन्दोलनमा स्वर्गीय राजा विरेन्द्र शाहको शालिक हटाएको थियो । अहिले सवारीको चाप अत्यधिक वढी पछि विरेन्द्र चोक साँघुरो भएका कारण यातायात सञ्चालनमा समेत समस्या परेको यातायात व्यवसायीहरुले बताएका छन् । विरेन्द्र चोकको रेलिङहरु समेत भत्केका छन् ।

Abroad Study
«
Next
»
Previous