मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, चैत २२ । स्थानीय निकाय निर्वाचनको लागि एमालेले घोषणा पत्रको मस्यौदा निर्माण गर्न थालेको छ ।  र, उसले घोषणा पत्रका उल्लेखित नीति कार्यक्रमहरू समाजवादउन्मुख हुने बताएको छ ।

सोमबार बसेको पार्टी स्थायी कमिटीको बैठकले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा १५ सदस्यीय घोषणापत्र मस्यौदा समिति बनाएको थियो । मस्यौदा समितिको मंगलबार बसेको बैठकले संविधानले नै मुलुकको कार्यभार आर्थिक–सामाजिक रूपान्तरणमार्फत समाजवाद उम्मुख तय गरिसकेकाले समाजवाद प्राप्तिका लागि आवश्यक घोषणा पत्र निर्माण गर्ने निर्णय गरेको हो ।

त्यस्तै आजै महासचिव ईश्वर पोखरेलको संयोजकत्वको निर्वाचन अनुगमन तथा समन्वय समितिको पनि बैठक बस्दैछ। एमालेले प्रवासी मञ्चहरूको अधिवेशन जेठको पहिलो हप्तासम्म स्थगित गर्न निर्देशन दिएको छ ।  त्यस्तै निर्वाचनमा स्वदेश फर्कन विदेशमा रहेको सबै पार्टी सदस्य, समर्थक र शुभेच्छुकहरूलाई एमालेले आग्रह पनि गरेको छ ।

Abroad Study
«
Next
»
Previous