मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

काठमाडौं, चैत २२ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १ वर्ष पछिबाट बाहिरी मुलुकलाई विद्युत बेच्न सकिने बताएका छन्। प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा मंगलबार पत्रकारहरुलाई सम्बोधन गर्दै उनले तामाकोसीबाट उत्पादन सुरु भएपछि वर्षको ६ महिना विद्युत निर्यात गर्न सक्षम भइने दाबी गरे।

तामाकोसीले १ वर्षभित्र उत्पादन थाल्ने उनको विश्वास छ। साथै घिसिङले देशैभर पिक आवर (बिहान ५ देखि ८ बजे र साँझ ५ देखि बेलुका साढे ८ सम्मको अवधि) को लेडसेडिङ हटिसकेको दाबी गरे। लोडसेडिङ हटाउने अभियानमा मौसमले पनि साथ दिएको उनको भनाइ छ। सो अवसरमा घिसिङले प्राधिकरण १ अर्ब २५ करोडभन्दा बढी नाफामा रहेको दाबी गरे। ४ प्रतिशत चुहावट नियन्त्रण भएकाले सो परिमाणमा नाफा आर्जन सम्भव भएको उनको भनाइ छ । 

Abroad Study
«
Next
»
Previous