मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

एजेन्सी । केटी खोज्दा–खोज्दा नपाएर हत्तु बनेका एक चिनियाँ इन्जिनीयरले अन्नतः आफैंले बनाएको रोबोटसँग बिहे गरेका छन् ।

‘साउथ चाइना मर्निङ पोष्ट’ का अनुसार ३१ वषिर्य इञ्जिनियर झेङ जियाजियाले गत वर्षको अन्त्यतिर यस रोबोट बनाएका थिए । यीङयीङ नाम राखिएको सो रोबोटले चाइनिज अक्षर चिन्न र फोटो पहिचान गर्न सक्छ । साथै केही अक्षर उच्चारण पनि गर्छ । झेङले सो रोबोटलाई हिँडडुल गर्न र घरायशी काम गर्न सक्ने गरी अपग्रेड गर्ने योजना बनाएका छन् ।

गत शुक्रबार एउटा सानो समारोहका बीच झेङले यीङयीङसँग पराम्परागत रितपूर्वक विहे गरेका हुन् । बिहे गर्दा यीङयीङलाई टाउकोमा रातो स्कार्फ लगाएर दुलही झैं सजाइएको थियो । समारोहमा जियाजियाकी आमा र साथीभाईहरु सहभागी थिए ।

झेङ हुआवे कम्पनीका पूर्व कर्मचारी हुन् र अहिले हाङझोउमा रहेको ड्रिम टाउनमा काम गर्छन् । यो बिहे अनौठो लागे तापनि विज्ञहरुले आगामी दिनमा रोबोट र मानवबीच बिहेको प्रचलन फैलिदै जाने भविष्यवाणी गरेका छन् ।

‘अबको ३५ वर्षमा रोबोट यतिधेरै विकसित हुनेछन् कि मानिससँग भन्दा रोबोटसँग सेक्स गर्दा मज्जा आउनेछ,’ लभ एन्ड सेक्स विथ रोबोट नामक किताबका लेखक डा. डेभिड लेभी भन्छन् ।

निकट भविष्यमा आधाभन्दा बढि पुरुषले सेक्स रोबोट खरिद गर्ने दावी गर्दै उनले कहिल्यै नथाक्ने रोबोटले कहिलेकाहीँ मानिसलाई समस्यामा पारिदिन सक्ने पनि उल्लेख गरे । भविष्यमा विभिन्न सेलिब्रिटीहरुसँग अनुहार मिल्ने रोबोट पनि निर्माण हुने र यसबाट सेक्समा अझै रोमान्चकता थपिने उनको विश्वास छ । ‘यसबाट आफ्नो कपिराइट बेचेर सेलिब्रिटीहरुले पनि राम्रो आम्दानी गर्न सक्छन्,’ उनले भने ।

Abroad Study
«
Next
»
Previous