दाङ, चैत २७ । महेन्द्र बहुमुखी क्याम्पस विज्ञान संकायको आयोजनामा शुक्रबार दाङ जिल्लामै पहिलो विज्ञान अनुसन्धान विधि सभा सम्पन्न भएको छ । नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सचिव प्राध्यापक डिलाराम भट्टराईको अध्यक्षता तथा क्याम्पस प्रमुख सह–प्राध्यापक बिमल सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनुसन्धान तथा विज्ञानसँग सम्बन्धित आधा दर्जन बढी प्रस्तुतीहरु राखिएका थिए ।
क्याम्पसका प्राध्यापकहरु तथा विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा उप–प्राध्यापक नवराज सुवेदीले अनुसन्धानको महत्व तथा चुनौतिका बारेमा, अजय न्यौपानेले डिस्कभरि अफ प्लानेटका बारेमा, वीरबहादुर पाण्डेले सल्फर मोस्चर्ड एज अ केमिकल विपनका बारेमा, हिमालय सुवेदीले स्यम्फोसिजम अन साइन्टिफिक रिसर्चका बारेमा, नारायण पन्थीले ईम्प्याक्ट अफ सोलार ईनर्जीका बारेमा, हरिभक्त ओलीले पिर्पिरेसन एण्ड क्यारेक्टराइजेश अफ लिड अन सेलेक्टिभ ईलेक्ट्रोडका बारेमा तथा प्रदिप न्यौपानेले माइक्रो प्रोपोगेशन अफ पोलिनेथी टियर फ्राम सुट कल्चरका बारेमा अनुसन्धानात्मक प्रस्तुतीहरु राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै क्याम्पस प्रमुख बिमल सुवेदीले बिज्ञान संकायले शुरु गरेको कामको प्रसंशा गर्दै यसबाट अधिकतम फाइदा लिन विद्यार्थीलाई आग्रह गर्नुभएको थियो, भने अध्यक्षता गर्नुभएका प्राध्यापक डिलाराम भट्टराईले अन्य संकायले पनि यस्ता रचनात्मक कामको सुरुवात गरी क्याम्पसमा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण उप प्राध्यापक हरिभक्त वलीले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा विद्यार्थीहरु गिरबहादुर महरा, रत्न वली, नविन शर्मा र बिनिता डाँगीले बिज्ञान अनुसन्धान सभाले आफूहरुको मनोबल बढाएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।