मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

गोविन्द खड्का
दाङ, चैत २७ । स्किमहरु ल्याएर मोटरसाईकल शोरुमहरुले नयाँ बर्ष २०७४ को शुरुवात भएको संकेत गरेका छन् । दाङका धेरै मोटरसाईकल शोरुमहरुले विशेष छुट सहितका योजना ल्याएको बताएका छन् ।
‘घुमौ तराई पहाड हिमाल, बजाजको साथ’ नाराका साथ राप्ती अटो ईञ्जिनेरिङ (बजाज) शोरुम घोराहीले अफर लागु गरेको जनाएको छ । त्यसमा हरेक दिन एक जनालाई लक्की ड्र मार्फत ७४ हजार नगद रहेको सञ्चालक बलदेव योगीले जानकारी दिनुभयो । सञ्चालक योगीका अनुसार सात हजार चार सय हरेक मोटर साईकलमा नया बर्षको छुट सुविधा राखिएको छ । त्यस संगै पल्सर १६० एनएस र डोमिनार चार सय सिसिका नयाँ ब्राण्डा ल्याउने भएको छ ।

अघिल्ला बर्षहरुमा कार समेत स्किममा परेको योगीले अनुभव सुनाउनु भयो । ‘युवाको चाहना पल्सर छ’ योगिले भन्नुभयो, ‘पहिलो रोजाई हुदा हुदै पनि स्किम पर्खेको हुन्छ’ उहाका अनुसार यो योजना बैशाख सम्म चल्ने छ । त्यस बाहेक एक्सचेञ्ज अफरका कार्यक्रम आउने छन् । यसैगरी भगवति अटो घोराहीले पनि स्किम लागु भईसकेको जनाएको छ । सुजुकी वाईकका डिलर प्रवन्धक प्रदिप केसीका अनुसार सुजुकि अन्तर्गतका दुईपांग्रे सवारी साधन खरीद गर्दा ‘सुजुकी टु ह्रवीलर सुपुर अफर’ दिने कार्यक्रम रहेको छ । त्यसमा प्रत्यक ग्राहकलाई २३ ईञ्चको एलइडि सामसुङ टिभी सित्तैमा दिने व्यवस्था छ । नया बर्षको अबसरमा नया ब्राण्ड डिस्ब्रेक एभेञ्जर प्लाटिना स्कुटर केहिदिन भित्रै पुग्दैछ ।

त्यस संगै एक्सचेञ्ज अफर घोराही लमहि र तुलसीपुरमा सञ्चालन गर्ने छ । सबै भन्दा धेरै खोजिको स्कुटर र वाईक सुजुकि बनाउने लक्ष्य छ । स्क्रयाच कुपन मार्फत नौ हजार देखि पा“च लाख सम्मको अफर रहेको चान्सलर अटो मोवाईलले जानकारी दिएको छ । सञ्चालक भुवन पोख्रेलका अनुसार महेन्द्राका मोटर साईकल र स्कुटि दुबैमा सुविधा छ । अघिल्लो बर्ष बिस हजार सम्म ग्राहकले छुट पाएको पोख्रेलले बताउनु भयो । सामान्य अबस्था भन्दा धेरैकारो बार हुन्छ । चैतमा नकिन्ने ग्राहकले बैशाखमा लैजान्छन् । अधिकांशले चैतमा कारोबार गर्दैनन् । प्रचार हेरेर पर्खि बस्ने भएकाले चाडै स्किम आएको हो । ‘गिफ्ट एवं दाईजो दिनेहरुको धेरैको रोजाईमा परेको देखिन्छ’ पोख्रेलले भन्नुभयो, ‘सस्तो सुविधा युक्त र भरपर्दो बाईक भनेर ग्राहकहरुले प्रतिकृया दिन्छन् ।’

यता टिभिएस सोरुमले स्किम आईसकेको जनाएको छ । शोरुमका ईञ्चार्ज विपिन श्रेष्ठका अनुसार सबै वाईकहरुमा ६ हजारको छुट छ । अफर कार्यक्रम लामो समय सम्म रहने जनाईएको छ । यसो त चैत १६ गतेको बैठक पछि अफर आउने केडि ईन्टप्राईजेज घोराहीका प्रो कुमारराज श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार हिरो मोटरसाईकलमा गत बर्ष जस्तै आकर्षक अफर अबस्य आउछ । यसो त होण्डाले स्किम पर्खेर बसेको सञ्चालक ललित श्रेष्ठले जानकारी दिनुभयो । कम तेल खाने, लामो समय देखि ग्राहकमा छाप दिएको होण्डाको स्किम ढिलै आए पनि पर्खेर बस्छन् । होण्डाको गुण थाहपाएकाहरुले अरुतिर जान हतार गर्दैनन् ।

हरेक घरमा एउटा मोटर साईकल नभई कामै नचल्ने अबस्था सिर्जना भएको मोटरसाईकल शोरुमहरुले जनाएका छन् । प्रत्यक व्यक्तिले सवारी साधन विना जिवन व्यवहार असम्भव देख्न थालेको उनिहरुको विश्लेषण छ । समथर भुभाग भएपनि सबैमा कालोपत्रे नहुनाले पनि मोटर साईकल को जरुरी छ । उपड खापडको बस्तिहरुमा गतिलो मोटर साईकल चाहिन्छ । सबै ठाउ“मा कार असम्भब छ । हरेक व्यक्तिको पहुच पुग्दैन । त्यसैले पनि मोटरसाईकलमा  प्रतिस्पर्धा देखिएको छ । नया बर्ष र बडादशैमा आकर्षक अफर ल्याएर शोरुमहरुले व्यापार बढाएका छन् ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post