काठमाडौं, चैत २२ । दरबार हाइस्कुल सर्वसाधारणका लागि वि.सं. १९४२ मा खुला भएसँगै नेपालमा औपचारिक शिक्षाको सुरुवात भएको हो । त्यसयता अहिले १ सय ३० औं वर्षमा आइपुग्दा राज्यले शिक्षाक्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको छ ।
शिक्षा विभागको तथ्यांकअनुसार विद्यालयमा छात्रभन्दा छात्राको टिकाउ संख्या विगत पाँच वर्षदेखि बढी देखिँदै आएको छ भने ३.४ प्रतिशत बालिकामात्रै विद्यालय क्षेत्रबाहिर रहेका छन् । राणाहरूको दरबार रहेको थापाथलीबाट प्रारम्भ भएको दरबार स्कुल १९३४ सालमा दरबार हाइस्कुलमा परिणत भए पनि १९४२ देखि मात्रै सर्वसाधारणका लागि खुला गरिएको हो । उक्त विद्यालय सर्वसाधारणका लागि खुला भएको ३८ वर्षपछि बल्ल कक्षा १ मा एक जना छात्रा सविनाकुमारी देवी भर्ना भएको तथ्यांक पाइन्छ । १९९० को पहिलो एसएलसीमा एक जना छात्राले मात्रै फारम भरेकी थिइन । उनको नाम थियो– सविनाकुमारी देवी । फारम भरे पनि उनी एसएलसीको परीक्षामा भने सरिक भइनन् ।
चैत्र ३ गतेबाट सुरु भएको एसइइ परीक्षा भर्खरै सकिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार, यस वर्ष नियमिततर्फ ४ लाख ६४ हजार ७४३ परीक्षार्थी सहभागी रहे । यीमध्ये २ लाख ३० हजार ८ सय ८० र २ लाख ३३ हजार ८ सय ६३ जना छात्रा छन् । यसरी हेर्दा छात्रको तुलनामा छात्रा संख्या २ हजार ९ सय ८३ अर्थात् झण्डै तीन हजार बढी रहेको छ ।
परिक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गुरुप्रसाद पौडेलका अनुसार यसपटकको कक्षा १० को परीक्षामा रेगुलर र एक्जाम्टेड गरी छात्रको तुलनामा छात्राको संख्या १८ हजार ७१८ जना बढी रहेको छ । शहर, गाउँ र टोल–टोलमा ‘सबैका लागि शिक्षा’ र ‘छोरालाई मात्रै होइन, छोरीलाई पनि विद्यालय पठाऔं’ भन्ने नारा लेखिएका बोर्ड अब त्यत्ति देखिन्नन् । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल शिक्षामा गरिएको दीर्घकालीन लगानीको प्रतिफल देखिन थालेको बताउँछन् । उनका अनुसार, विद्यालय क्षेत्र सुधार कार्यक्रम र सबैका लागि शिक्षा नाराको मूल उद्देश्य नै शिक्षामा बालिकाको व्यापक पहुँच जुटाउनु हो र त्यसमा पर्याप्त सफलता प्राप्त भएको छ ।
विभागका उपनिर्देशक शंकरबहादुर थापाका अनुसार २०६४ मा कक्षा १ मा १३ लाख ३४ हजार १९५ विद्यार्थी भर्ना भएका थिए । तीमध्ये छात्र संख्या ६ लाख ८२ हजार ३ सय २३ रहेको थियो भने छात्रा संख्या ६ लाख ५१ हजार ८ सय ७२ थियो । यसरी हेर्दा भर्ना हुने बेला छात्राको तुलनामा छात्र संख्या ३० हजार ४ सय ५१ अर्थात् ३५ हजारले बढी देखिन्छ । २०६८ सालमा कक्षा ५ मा आइपुग्दा तिनै विद्यार्थीको संख्या ७ लाख ४२ हजार ९ सय ३७ हुन पुग्यो, जसमध्ये छात्रको संख्या ३ लाख ६६ हजार ६ सय २८ थियो भने छात्रा संख्या ३ लाख ७६ हजार ३ सय ९ रहेको थियो ।
यसरी हेर्दा भर्ना हुने बेला छात्राको तुलनामा छात्र संख्या ३० हजार ४ सय ५१ अर्थात् ३५ हजारले बढी देखिन्छ भने कक्षा १० को एसइइ परीक्षा दिने बेलासम्म यो ग्राफमा परिवर्तन भएर छात्रको संख्या झन्डै तीन हजारले कम देखिन्छ । यसरी हेर्दा छात्राको तुलनामा छात्रको (ड्रप आउट) पढाइ छोड्ने प्रवृत्ति बढेको देखिन्छ भने छात्राहरूको विद्यालय टिकाउ दर बढी रहेको कुरा तथ्यांकले देखाउँछ ।
विद्यालयमा बालिका टिकाउ दर
विभागले सन् २०१२ मा गरेको अध्ययनअनुसार, छात्राको विद्यालयमा टिकाउ दर ८४.३ प्रतिशत रहेको छ भने छात्रको ८१.७ प्रतिशत रहेको छ । यद्यपि भर्ना भएका विद्यार्थीमध्ये झन्डै ४० प्रतिशत बालबालिकाहरू अझै पनि विद्यालय शिक्षा पूरा नै नगरी हराउने गरेका छन् ।
शिक्षा विभागका महानिर्देशक पौडेलका अनुसार १०–१० वर्षको अन्तरालमा अध्ययन गर्दा १५ प्रतिशत विद्यार्थीमात्रै स्कुलमा टिक्ने र ८५ प्रतिशत हराउने गरेका थिए भने हालको अध्ययनअनुसार सो दर घटेर ६० प्रतिशतले विद्यालय शिक्षालाई निरन्तरता दिने गरेको देखिएको छ । उनले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले बताएअनुसार, सुदूरपश्चिम र तराईका केही जिल्लामा छात्राको संख्या कम थियो, तर पछिल्ला दिनमा त्यसको अनुपात बढेर आउनु शिक्षाक्षेत्रमा भएको लगानीको प्रतिफल हो ।
शिक्षाविद् धनञ्जय अधिकारी भन्छन् १५–२० वर्षयता छोरीहरूलाई पढाउनु पर्छ भन्ने व्यापक चेतना जागेको छ, जसले गर्दा विद्यालय शिक्षामा बालिकाको संख्या बढ्दै गएको छ । छात्राहरूका लागि सरकारी छात्रवृत्ति, खाजालगायतका योजनाले पनि प्रतिफल दिएको उनी बताउँछन् । यति भएर पनि शिक्षामा बालिकाको व्यापक पहुँचका लागि भने झन्डै एक सय वर्ष लाग्यो । यद्यपि प्राथमिक शिक्षामा शतप्रतिशत बालिकाको पहुँच भने अझै पनि पुग्न सकेको छैन ।
बालिकाको पहुँच शतप्रतिशत पुर्याउने अभियान
विद्यालय शिक्षामा महिलाको पहुँचका लागि शिक्षा विभागको नारा ‘सबैका लागि शिक्षा’ र ‘विद्यालय क्षेत्र सुधार कार्यक्रम’ वर्षौंदेखि जारी छ । त,र शिक्षा विभागको तथ्यांकअनुसार अझै पनि ३.४ प्रतिशत बालिका विद्यालय क्षेत्रबाहिर रहेका छन् । जुन संख्यात्मक रूपमा ७० हजार हुन आउँछन् । यसको अर्थ हो– देशका ७० हजार बालिका प्राथमिक शिक्षाबाट अझै पनि विमुख रहेका छन् । महानिर्देशक पौडेल ती बालिकाहरूको पहुँच विद्यालय शिक्षासम्म विस्तार गर्न आफूहरू प्रयासरत रहेको बताउँछन् ।
नेपाल राष्ट्रिय अभिभावक संघले समेत यस्ता अभियानमा आफ्नो सक्रिय सहभागिता जनाउँदै आएको छ । आउँदो शैक्षिक सत्रको भर्ना अभियानका लागि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन संघले आफ्नो तर्फबाट अभिभावकहरू परिचालन गर्ने भएको छ ।
संघका पदाधिकारीहरूको बैठकले २०७४ को भर्ना अभियानका बेला सबै जिल्ला समितिले व्यापक रूपमा अभिभावक परिचालन गरी भर्ना अभियानमा सामेल हुने र टोल छिमेकका कुनै पनि बालबालिका शिक्षाको पहँचबाट बाहिर नरहून् र बीचैमा विद्यालय नछोडून् भनेर ध्यान पुर्याउन समेत अभिभावकलाई सचेत गराउने निर्णय गरेको कुरा संघले जनाएको छ ।