मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

सोलुखुम्बु, चैत २२ । बिरामीको उपचारमा झाँक्रीले बोक्सी धपाउने भन्दै आगो खेलाउँदा अनुहारमा आगो लागेर उनी गम्भीर घाइते भएका छन् ।

सोताङ गाउँपालिका घर भएका झाँक्री कर्णबहादुर नेपालीले गएराति महाकुलुङ गाउँपालिका–४ गुदेलमा एक बिरामीको उपचार गराउने क्रममा मुखमा पेट्रोल राखी आगो नचाउँदै गर्दा अकस्मात अनुहारमा परेको आगोले जलेर उनी बेहोस भई ढलेका थिए ।

अनुहार जलेका नेपालीको गुदेल स्वास्थ्य चौकीमा उपचार भइरहेको गुदेल स्वास्थ्य चौकीका प्रमुख रामु केसीले जानकारी दिए । अनुहार पूरै जलेका नेपालीको स्वास्थ्यमा सुधार भइरहेको पनि प्रमुख केसीले बताए ।

ग्रामीण भेगमा बिरामी पर्दा अझै पनि स्थानीयले धामीझाँक्री कहाँ उपचार गराउन जाने गरेको अवस्था छ । झाँक्रीकै भर पर्दा कतिपय बिरामीको ज्यानैसमेत जाने गरेका छन् भने झाँक्री पनि समस्यामा पर्ने गरेका छन् ।

केही वर्षअघि पनि जिल्लाको जुवु गाविसमा एक बिरामीलाई उपचार गर्ने क्रममा धामीलाई बिरामीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post