वसन्त परियार,
तुलसीपुर चैत २० । तुलसीपुर उप महानगरपालिका वडानम्वर ११ मा रहेको उरहरी स्वास्थ्य चौकीलाई दुई सहकारी संस्था र व्यक्तिगत सहयोग प्राप्त भएको छ । आइतबार परेको सहकारी दिवसको अवसरमा उहरीमा रहेको मितेरी सहकारी संस्था र साना किसान सहकारी संस्थाले उक्त सहयोग गरेका हुन् ।
चौकीमा आइतबार भएको कार्यक्रममा मितेरी सहकारी संस्थाका अध्यक्ष बलदेव आचार्यले स्वास्थ्य चौकीमा आउने सर्वसाधारणका लागि एल.ई.डि.टि.भि. प्रदान गर्नुभएको थियो । त्यसैगरी साना किसान सहकारी संस्थाका अध्यक्ष कान्तप्रसाद वलीले झण्डै ३० जना अट्ने दुईवटा प्रतिक्षालय स्वास्थ्य चौकीलाई प्रदान गर्नुभएको थियो । त्यस्तै स्थानीय मिनप्रसाद न्यौपानेले आफ्नी स्व. श्रीमतिको सम्झनामा डिसहोम प्रदान गर्नुभएको थियो ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडासचिव मानबहादुर रावतको अध्यक्षता तथा जनस्वास्थ्य कार्यालयका अधिकृत प्रकाश कुमार योगीको प्रमुख आतिथ्यतामा उक्त सहयोग हस्तान्तरण कार्यक्रम भएको थियो । सो अवसरमा समाजसेवी तिलकबहादुर बस्नेत, मितेरी सहकारीका अध्यक्ष वलदेव आचार्य, साना किसानका अध्यक्ष कान्तप्रसाद वली, सिड संस्थाका भागिराम चौधरी, सामुदायिक अध्ययन केन्द्रका गोमावालन क्षेत्री, कांग्रेसका अर्जुन केसी, पत्रकार वसन्त परियारलगायतले बोल्नुभएको थियो ।
सो अवसरमा बोल्ने वक्ताहरुले स्वास्थ्य चौकीको स्तरबृद्धिका लागि सबै लाग्नुपर्नेमा जोड दिएका थिए । साथै स्थानीय संघसंस्था र व्यक्तिगत रुपमा भएको सहयोगको प्रशसा गरेका थिए । वडा कार्यालयका सामाजिक परिचालक लक्ष्मी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकीका ईञ्चार्ज विष्णुप्रसाद पोख्रेलले गर्नुभएको थियो ।