मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत २२ । दाङको घोराहीमा जारी रुस्लान जेसीज कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा लमही क्रिकेट क्लव र पुरन्धारा क्रिकेट क्लव विजयी भएका छन् । तुलसीपुर क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्दै लमही क्रिकेट र त्रिशिद्धेश्वरी स्पोर्ट क्लवलाई ९ रनले पराजित गर्दै पुरन्धारा क्रिकेट क्लव विजयी भएका हुन् ।

टस जीतेर व्याटिङ गर्ने निर्णय गरेको तुलसीपुर एकेडेमीले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाई ७८ रन जोड्न सफल भएको थियो । जसमा अजित न्यौपानेले १५, अभिषेक भण्डारीले १३ रन जोड्न सफल हुनुभएको थियो । तलसीपुर क्रिकेट एकेडेमीलाई सस्तैमा समेट्ने क्रममा लमही क्रिकेट क्लवका निर्मल शाही र सुरज धितालले ३÷३ विकेट लिनुभएको थियो, भने अमित तामाङले २ विकेट लिनुभएको थियो ।

जम्मा ६९ रनको विजयी लक्ष्यसहित मैदान प्रवेश गरेको लमही क्रिकेट क्लवले ७.३ ओभर खेल्दै लक्ष्य भेटाएको थियो । जसमा लमही क्रिकेट क्लवका निर्मल शाहीले २० र राजवीर सिंहले १९ रन बनाउनुभएको थियो । बलिङतर्फ तुलसीपुर एकेडेमीका आयुष हमालले २ र तिलक पौडेलले १ विकेट लिनुभएको खेल संयोजक यज्ञबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार खेलमा तीन विकेट लिने लमही क्रिकेट क्लवका निर्मल शाहीलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो ।

त्रिभुवननगर जेसीजको आयोजना तथा दाङ क्रिकेट संघको संयोजनमा जारी सोमबारको दोस्रो खेलमा पुरन्धारा क्रिकेट क्लव ९ रनले विजयी भएको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको पुरन्धारा क्रिकेट क्लवले निर्धारित २० ओभारको खेलमा १९.५ ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय २८ रन जोड्न सफल भएको थियो । जसमा भरत वलीले २७, उपेन्द्र शाहले २४, पुरन विकले १८ र खुमबहादुर खड्काले १६ रन बनाउनु भएको थियो ।

बलिङतर्फ त्रिशिद्धेश्वरी स्पोर्टस क्लवका विनोद केसीले ६ विकेट, अनन्त पौडेल र भगत वलीले १÷१ विकेट लिनुभएको थियो । २ सय २९ रनको विजयी लक्ष्य लिई मैदान ओर्लेको त्रिशिद्धेश्वरी स्पोर्टस क्लवले २० ओभर खेल्दै २ सय १९ रनमा समेटिएको थियो । जसमा रुपेन्द्र चौधरीले ३९, निराजन पुनले १४ र कमल चौधरीले ११ रन बनाउनुभएको थियो ।

त्रिशिद्धेश्वरीलाई सस्तैमा समेट्ने क्रममा पुरन्धारा क्रिकेट क्लवका पुरन विकले ३, खेमराज वलीले २ विकेट लिनुभएको दाङ क्रिकेट संघका अध्यक्ष एवं प्रतियोगिता संयोजक प्रदिप मजगैयाले जानकारी दिनुभयो । उहाँका अनुसार १८ रन जोड्दै ३ विकेट लिने पुरन्धारा क्रिकेट क्लवका पुरन विकलाई म्यान अफ द म्याच घोषणा गरिएको थियो ।

Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post