दाङ, चैत २२ । नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्वर ६ को वडा कार्यालय एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । साविक सौडियार गाविस वडानम्वर–४ फचकपुरमा एमाले घोराही उपमहानगरपालिका–६ को वडा कार्यालय स्थापना गरिएको हो ।
नेकपा एमाले वडानम्वर ६ का संयोजक थुरेन्द्रबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य भागवत बिश्वासीले वडा कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटन गर्दै पोलिटव्यूरो सदस्य बिश्वासीले स्थानीय तहको निर्वाचनमा एमालेले जीतेमा मात्र राष्ट्रको हित हुने भएकाले जस्तोसुकै मुल्य चुकाएर भए पनि चुनाव जीत्नुपर्ने बताउनुभयो ।
उहाँले देश अहिले एमालेको एजेण्डामा चलिरहेको भन्दै उहाँले केपी ओली सरकारले ल्याएको जनमुखी र लोकप्रिय कार्यक्रम जनताको बीचमा लगेर चुनावी महोल सृजना गर्न अनुरोध गर्नुभयो । कुनै समय एमालेले बुढाबुढीलाई गोली हानेर मार्छ, सरकारको ढुकुटी कनिका छिटे जसरी बृद्धबृद्धालाई बाँडियो भनेर नकारात्मक टिप्पणी गर्ने कांग्रेस अहिले तिनै कार्यक्रम आफ्नो सरकारले ल्याएको भन्दै जनतामा भ्रम सृजना गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि एमाले घोराही उपमहानगरपालिकाका इञ्चार्ज विवेक श्रेष्ठले बैशाख ३१ मा हुने स्थानीय तहको चुनावमा एमालेले बहुमत ल्याउने भन्दै घोराही ६ र ७ को चुनाव जित्न सबैशक्ति लगाउन स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले चुनावमा आसपासमा पुँजीपतिहरुले जनतालाई आफ्नो पक्षमा पार्नका लागि पैसा बाँड्ने गरेको भन्दै उहाँले त्यसलाई डटेर प्रतिवाद गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य भरत अर्याल, जिल्ला सदस्य बुद्धि पौडेल, कमानसिंह पुन, किसान महासंघका केन्द्रीय सदस्य सुदन केसी, एमाले घोराही उपमहानगर कमिटीका सचिवालय सदस्य लछिनप्रसाद बुढा, अखिल नेपाल महिला संघका सदस्य आश्मा चौधरी, एमाले सौडियारका पूर्व उपाध्यक्ष ढुकीराम चौधरी, उप–संयोजक बसन्तराज अधिकारी, लौटन चौधरी, पूर्व अध्यक्ष लोकराज चौधरी, मोहनलाल खड्का, गोपीलाल ओलीलगायतले स्थानीय तहको चुनावमा एमालेलाई बिजयी बनाउन सबै शक्ति लगाएर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण एमाले नगर कमिटि सदस्य विष्णुराम आचार्य र बसन्ती चौधरीले गर्नुभएको थियो । कार्यक्रमपछि बसेको बैठकले यही चैत २३ गते पक्वैमा अनेमसंघ, युवा संघ, लोकतान्त्रिक थारु संघ, मुक्ति समाजको संयुक्त भेला गर्ने निर्णय गरेको छ । यस्तै २६ गते घोराहीमा हुने पार्टी सदस्यहरुको बृहत भेलामा सक्रिय सहभागी हुने, चैत २७ गतेदेखि बैशाख ४ गतेसम्म वडानम्वर ६ का सबै टोलमा घरदैलो कार्यक्रम गर्ने, ५ गते समिक्षा तथा उम्मेदवारी छनौट सिफारिस बैठक बस्ने र १० गते घोराहीमा पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा हुने बिशाल सभामा सक्रिय सहभागी गराउने निर्णय गरेको छ ।