दाङ, चैत २५ । नेकपा एमाले दाङले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै घोराही उपमहानगरपालिकाका विभिन्न वडाहरुमा कार्यकर्ता भेला गर्नेक्रम जारी राखेको छ । सम्बन्धित वडा कमिटीको संयोजनमा शुक्रबार पनि भेलाहरु सम्पन्न भएका छन् ।
यसैक्रममा नेकपा एमाले घोराही उपमहानगरपालिका वडानम्वर ७ को वडा कार्यकर्ता भेला डवरगाउँमा सम्पन्न भएको छ । वडा संयोजक शोभा शाहको अध्यक्षता एवं नेकपा एमालेका केन्द्रीय सदस्य शान्ता चौधरीको प्रमुख आतिथ्यता तथा घोराहीका पूर्वमेयर अमर डाँगी र एमाले घोराही उपमहानगरपालिकाका ईञ्चार्ज विवेक श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको भेलाले भेलाले आउँदो स्थानीय तहको निर्वाचनमा वडानम्वर ७ बाट एमालेलाई जिताउन त्यस क्षेत्रका वडाबासीहरुलाई आग्रह गरेको छ ।
वडा कमिटीका उपसंयोजक वीरबहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको भेलाले वडानम्वर–७ को टोल–टोलमा टोल कमिटी गठन गर्ने, निर्वाचनको प्रचारप्रसार कार्य तीब्ररुपमा अघि बढाउने निर्णय गरेको छ । त्यस्तै भेलाले भरत चौधरीको संयोजकत्वमा युवा संघ, सुष्मा चौधरीको अनेम संघ, दीपक चौधरीको संयोजकत्वमा लोकतान्त्रिक थारु संघ गठन गरेको छ ।
कार्यक्रमको सञ्चालन वडा कमिटीका सचिव खोपिराम चौधरीले गर्नुभएको थियो । यसैगरी एमाले घोराही उपमहानगरपालिका वडानम्वर १७ को वडा भेला पनि सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष हुमा डिसीको अध्यक्षता एवं घोराहीका पूर्व मेयर अमर डाँगीको प्रमुख आतिथ्यता तथा घोराही उपमहानगरपालिकाका ईञ्चार्ज विवेक श्रेष्ठको विशिष्ट आतिथ्यतामा भेला भएको थियो । भेलाले निर्वाचन लक्षित प्रचार प्रसारलाई विशेष जोड दिएर लैजाने निर्णय गरेको छ ।
सो अवसरमा नेकपा एमाले दाङका सल्लाहकार कमिटी संयोजक दामोदर अधिकारी, जिल्ला कमिटी सदस्य कैलाश रोका मगर, दीपक चौधरी, यमप्रसाद आचार्यलगायतकाले बोल्नुभएको थियो । त्यस्तै नेकपा एमाले घोराही १० को वडा भेला दक्षिण अम्राई नारायणपुरमा सम्पन्न भएको छ । वडा संयोजक सुदन केसीको अध्यक्षता एवं नेकपा एमालेका केन्द्रीय सदस्य शान्ता चौधरीको प्रमुख आतिथ्यता तथा घोराहीका पूर्व मेयर अमर डाँगीको विशिष्ट आतिथ्यतामा भएको भेलामा घोराही उपमहानगरपालिका ईञ्चार्ज विवेक श्रेष्ठले स्थानीय निर्वाचनको तयारीका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन शिव श्रेष्ठले गर्नुभएको थियो ।
त्यस्तै घोराही–१६ सुन्दरबस्ती टोलमा एमालेको भेला सम्पन्न भएको छ । बलवीर थापाको अध्यक्षता एवं घोराही ईञ्चार्ज विकेक श्रेष्ठ र नेकपा एमाले दाङका सदस्य हुमा डिसीको विशिष्ट आतिथ्यतामा भएको भेलामा घोराही नगर कमिटीका निवर्तमान अध्यक्ष लछिनप्रसाद बुढालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।