मेनु

Gorkha Hospital Ghorahi Dang

दाङ विशेष

राष्ट्रिय समाचार

मुलुक

अर्थ/बाणिज्य

कला/साहित्य

ब्लग/विचार

खुला पृष्ठ

फिचर स्टोरी

दाङ, चैत १९ । राप्ती अञ्चलस्तरिय क्रिकेट प्रतियोगीता आजदेखि दाङको घोराहीमा हुने भएको छ । त्रिभुवननगर जेसीजको आयोजना तथा दाङ क्रिकेट संघको संयोजनमा राप्ती अञ्चलस्तरिय ‘रुस्लान जेसीज कप क्रिकेट प्रतियोगीता–२०१७’ हुन लागेको हो ।

घोराहीस्थित पद्मोदय पव्लीक नमुना माविको मैदानमा हुने प्रतियोगीतामा राप्ती अञ्चलका १२ वटा क्लवको सहभागीता हुन लागेको अध्यक्ष दीपक शर्मा समीरले जानकारी दिनुभयो । ‘रुस्लान जेसीज कप क्रिकेट प्रतियोगीता’ राप्तीकै सर्वाधिक ठूलो क्रिकेट प्रतियोगीता भएको दावी गर्दै अध्यक्ष शर्माले प्रतियोगीताको विजयी क्लवलाई ५० हजार र उप–विजेता क्लवलाई २५ हजार नगदसहित शिल्ड र प्रमाण पत्र प्रदान गरिने जानकारी दिनुभयो ।

उहाँले म्यान अफ द सिरिजलाई ५ हजार, बेष्ट बलर, बेष्ट ब्याड्स म्यान र इमरजिङ खेलाडीलाई ३÷३ हजार नगदसहित शिल्ड र प्रमाण पत्रद्वारा पुरस्कृत गरिने जानकारी दिनुभयो । आजदेखि एक सातासम्म सञ्चालन हुने प्रतियोगीताको टाइटल स्पोन्सरमा ‘जाउलाखेल गु्रप’ रहेको जनाउँदै अध्यक्ष शर्माले प्रतियोगीताको सह–प्रायोजकमा हेरिटेज कार्पेट र प्रायोजकमा नमुना स्याटलाइट सर्भिस प्रालि, सुपथ इन्टरप्राइजेज, एसिएन कन्टिनेन्टल रहेको जानकारी दिनुभयो ।

दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले बिस ओभरमा खेलाइने खेलमा युनाइटेड नयाँ वजार क्लव, भ्यालि जुनियर क्रिकेट क्लव ‘ए’, घोराही ग्लाडियर क्रिकेट क्लव, लमही क्रिकेट क्लव, पुरन्धारा क्रिकेट क्लव, रुकुम क्रिकेट संघ, घोराही क्रिकेट एकाडेमी, नेपाली क्रिकेट फ्यान क्लव, भ्यालि जुनियर क्रिकेट क्लव ‘बी’, त्रिशिद्धेश्वरी क्रिकेट क्लव–यु १६, त्रिशिद्धेश्वरी क्रिकेट क्लव र राप्तीद्वारा क्रिकेट क्लवको सहभागीता रहने जानकारी दिनुभयो ।


Abroad Study
«
Next
Newer Post
»
Previous
Older Post